धादिङ २६ असोज
नेपाली काङ्ग्रेस जिल्ला कार्यसमिति धादिङले आइतबार धादिङबेसीमा चियापान कार्यक्रम तथा खुल्ला रक्तदान कार्यक्रम सम्पन्न गरेको छ । विजयादशमी शुभ दिपावली नेपाल संवत् ११४० तथा छठ पर्व २०७६ को अवसरमा आयोजित शुभकामना आदान प्रदान तथा चियापान कार्यक्रम एवं खुल्ला रक्तदान कार्यक्रमको आयोजना गरिएको नेपाली काग्रेस धादिङले जनाएको छ । धादिङवेशी स्थित बि.पी.स्मृति भवनमा भएको शुभकामना आदान प्रदान तथा चियापान कार्यक्रममा नेपाली काङ्ग्रेस जिल्ला कार्य समिति धादिङका सभापति रमेश धमलाले संविधान संशोधन प्रक्रियामा सरकार पक्ष र विपक्षबीच सहमति प्रक्रियाबाट अगाडि बढ्नु पर्ने बताउनु भएको छ । नेपाली काङग्रेस धर्म, जाज जाति, भेष भूषा र संस्कृतिलाई निरन्तर संरक्षण गर्ने पार्टी भएको धमलाले दावी गर्नु भएको थियो । नेपाली काङ्ग्रेस जिल्ला कार्यसमिति धादिङले विगत वर्षहरुमा पनि कोजाग्रत पूर्णिमाका दिन चियापान तथा शुभकामना आदानप्रदान गद्रै आएका थियो । चियापान तथा शुभकामना कार्यक्रममा संघीय सांसद भूमी त्रिपाठी, प्रहरी नायव उपरीक्षक रुपक खड्का, नेपाली काङ्ग्रेस धादिङका पुर्व सभापति रामनाथ अधिकारी लगायत नेपाली काङग्रेस धादिङका नेता तथा कार्यकर्ताहरुको सहभागिता रहेको थियो ।
सोही अबसर पारेर गरिएको रक्तदान कार्यक्रममा ३ जना महिला र ३५ जना पुरुष सहित ३८ जनाले रक्तदान गरेका थिए । रक्तदान कार्यक्रममा नेपाल रेडक्रस सोसाइटी रक्त सञ्चार सेवा केन्द्रको प्राविधिक सहयोग रहेको कार्यक्रममा ज्वालामुखी गाउँ पालिकाका अध्यक्ष विनोद तिमल्सिना, खनियाबास गाउँ पालिकाका अध्यक्ष रण बहादुर तामाङ लगायतले रक्तदान गरेका थिए ।
प्रतिक्रिया दिनुहोस