धादिङ २८ भाद्र
हरेक पीडा,भोक,दुख,अभाव,शोक र हेला केहो भोगेर आको छु त्यसैले न दुखमा आत्तिन्छु न सुखमा मातिन्छु ।
शोक : म तीन पुरा भएर चार बर्ष लाग्दा बाबु गुमाएर आमाले आफू नखाई नखाई हुर्काएको छोरो हुँ ।
भोक : तीन दिनसम्म भोकै मडारिएको मेरो पेटलाई थाहा छ वास्तविक भोक के हो ।
दुख : कलेज पढदै गर्दा कलेज फी तिर्न नसक्दा आमाले कानमा लगाउनू भएको माडवारी फुकाल्नु हुदै ला यो लगेर बेच कति आउछ त्यसले तिर भन्नु भाको । (तर मैले त्यो बेला माडवारी लगेर बेच्ने आट आएन लगेन पनि ।)
पीडा : नयाँ लुगा नभएर च्यातिएको पाइटमा अर्को टालो हालेर बोराको सेतो धागोले सिलाएको लुगा लगाएर स्कुल जादा । सबै साथी छाता ओडेर जाने आफू प्लाष्टिक ओडेर जानु पर्दाको पीडा ।
अभावः मेरो आमाले बजार जानु हुदा अभावले आधा केजी चामल किन्नु भएको । एक भाग चामल र तीन भाग मकैको च्याख्ला हाली पकाएर आज त चामलको भात खाईयो भनेर मख्ख भाको समय छ मसंग ।
हेला : २७ वर्षमा नै एक्लो हुनु भाको मेरो आमा यो समाजले अब तेरो आमा पोईला गईहाल्छ अब आमासंगै जानी होला नी भनेर प्रहार गरेको वचनको वाण । (पोईला जाम भनेर मेरो आमालाई फकाउन आको यी समाजका मनुवा आज ज्यूँदो त छैन तर मेरो मानसपटलमा वाल्यकालको अमिट छाप छ मसंग ।
त्यसैले नुनको ढिको चुसेर बस्छु त्यो पनि सकिएन भने पानी मात्रै पिउला तर इमान्दारिता र कर्तव्य विमुख कहिल्यै हुने छैन ।
सुख नी थाहा छ, दुख नी थाहा छ ।
परिस्थिति आजभोली अलि फरक भाछ
आफन्त भनाउदाले त्याग र तपस्या देख्दै देख्दैन
सबै एउटै सोध्छ फलानो के गर्छन ? अझै हल्लीराछ ?
गंगालाल गुरुङ नीलकण्ठ २ धादिङ
प्रतिक्रिया दिनुहोस