धादिङ २७ भाद्र
नेकपा माओवादी केन्द्र निकट नेपाल राष्ट्रिय निर्माण व्यवसायी संगठन धादिङको दोस्रो भेला सम्पन्न भएको छ ।
बुधबार पार्टी कार्यलय सदरमुकाम धादिङवेशीमा एक भेलाको आयोजना गरि नेपाल राष्ट्रिय निर्माण व्यवसायी संगठन धादिङ जिल्ला अध्यक्ष पदम बहादुर श्रेष्ठको अध्यक्षता नेकपा माओवादी केन्द्रका केन्द्रिय सदस्य राम बहादुर भण्डारीको प्रमुख आतिथ्यता तथा जिल्ला संयोजक मनराज भण्डारी र नीलकण्ठ नगर उप प्रमुख दिपक विश्वकर्मको विशेष आतिथ्यतामा सम्पन्न भएको हो ।
उक्त भेलाबाट जिल्ला अधिवेशन गर्न आयोजक समिती गठन गरिएको छ,जस अनुसार जिल्ला अध्यक्ष पदम बहादुर श्रेष्ठको संयोजकमा ११ सदस्यीय समिती गठन गरिएको छ ।
यहि भाद्र २९ गते धादिङवेशीमा हुने निर्माण व्यवसायी संघ धादिङको अधिवेशनको लागि पदम बहादुर श्रेष्ठ,राम कुमार डल्लकोटी,यूनियन वंजरा र राजेन्द्र भण्डारी गरि ४ सदस्यीय वार्ता कार्यदल गठन गरिएको नेपाल राष्ट्रिय निर्माण व्यवसायी संगठन धादिङ जिल्ला अध्यक्ष पदम बहादुर श्रेष्ठले बताउनुभयोे ।
प्रतिक्रिया दिनुहोस