धादिङ २६ भाद्र
मंगलबार धादिङको सिद्धलेक गाउँपालिका १ मा रहेको मिन्दुका माध्यमिक विद्यालय बैरेनीमा डेङ्गु रोग नियन्त्रण प्रतिकार्य अभियान सम्पन्न भएको छ ।
मंगलबार एक कार्यक्रमको आयोजना गरि नेपाल रेडक्रस सोसाइटी धादिङ जिल्ला शाखाको आयोजना तथा डेनिस रेडक्रसको आर्थिक सहयोगमा डेङु रोग नियन्त्रण प्रतिकार्य अभियान अन्तर्गत डेङु रोगको परिचय,लक्षण बच्ने उपाय र कसरी नष्ट गर्ने सम्बन्धी प्रशिक्षण कार्यक्रम सम्पन्न भएको हो ।
उक्त कार्यक्रममा नेपाल रेडक्रस सोसाइटी नीलकण्ठ उपशाखाका सदस्य राजन अधिकारी आतिथ्यता र युवा रेडक्रस सर्कलका स्वयंसेवकहरु अनिता सुनार, सपना दाहाल, जानुका न्युपाने लगायतको उपस्तिथिमा उक्त कार्यक्रम सम्पन्न भएको हो ।
त्यसै गरी धादिङको कर्णेश्वर माध्यमिक विद्यालयमा पनि आकृति थापा, प्रतिमा अर्याल, रोशन बयलकोटी र श्रीकृष्ण रिजालको उपस्तिथिमा अभियान सम्पन्न भएको छ ।
प्रतिक्रिया दिनुहोस