धादिङ २६ भाद्र
संविधानसभा अध्यक्ष एवम् प्रतिनिधी सभा सदस्य सुवास चन्द्र नेम्वाङलाई सरकारले राजकीय सम्मान दिने निर्णय गरेको छ ।
उहाँको अन्त्येष्टिको दिन सार्वजनिक बिदा दिने निर्णयसमेत सरकारले गरेको छ ।
आज बिहान प्रधानमन्त्री तथा मन्त्रिरिषदको कार्यालय सिंहदरबारमा मन्त्रिरिषदको आकस्मिक बैठक बसेको थियो बैठकले, नेम्वाङले संविधान निर्माणको क्रममा खेलेको भूमिकाको उच्च मूल्यांकन गर्दै राजकीय सम्मानका साथ अन्त्येष्टि गर्ने र अन्त्येष्टिको दिन देशभर सार्वजनिक बिदा दिने निर्णय गरेको सरकारका प्रवक्ता रेखा शर्माले जानकारी दिनुभयो ।
प्रवक्ता रेखा शर्माका अनुसार नेपालभरका सरकारी कार्यालय, विदेशस्थित नेपाली दूतावास र नियोगहरुमा राष्ट्रिय झण्डा आधा झुकाउने निर्णयसमेत सरकारले गरेको छ । उहाँको अन्त्येष्टि यही भदौ २८ गते गर्ने तयारी छ ।
नेकपा एमालेका उपाध्यक्षसमेत रहेका नेम्वाङको आज बिहान निधन भएको थियो ।
प्रतिक्रिया दिनुहोस