धादिङ असोज २४
नीलकण्ठ नगरपालिका वडा नं. १ पात्लेमा शुक्रबारबाट पात्ले गोल्डकपको सुरु भएको छ । बुद्धभूमि युवा समाज नीलकण्ठ नगरपालिका वडा नं. १ पात्लेको आयोजनामा सुरु भएको गोल्डकपमा १९ वटा समूहको सहभागिता रहेको छ । शुक्रबार भएको उद्घाटन खेलमा आयोजक टिम बुद्धभूमि युवा क्लबलाई चमेरे गुफा संरक्षण समितिले ३–० को गोल अन्तरले पराजित गरेको छ ।
प्रदेश सभा सांसद डा. राम कुमार अधिकारीको प्रमुख आतिथ्यतामा सम्पन्न गोल्डकप उद्घाटनमा नीलकण्ठ नगरपालिकाका उप प्रमुख मनराज भण्डारीको विशेष आतिथ्यता, वडा अध्यक्ष गणेश गुरुङ, नेकपा धादिङका सदस्य लक्ष्मण रम्तेल सेर बहादुर गुरुङ लगायतको आतिथ्यता रहेको थियो ।
प्रतिक्रिया दिनुहोस