धादिङ २५ भाद्र
नेकपा माओवादी केन्द्र निकट अखिल नेपाल महिला संघ क्रान्तिकारी धादिङको नीलकण्ठ नगर कमिटीको बिस्तारित बैठक तथा तिज विशेष शुभकामना आदन प्रदान कार्यक्रम सम्पन्न भएको हो ।
आइतबार जिल्ला पार्टी कार्यलय धादिङबेसीमा एक भब्य कार्यक्रमको आयोजना गरि जनता संग माओवादी विशेष रुपान्तरण अभियानलाइ ससक्त बनाउन अखिल नेपाल महिला संघ क्रान्तिकारीले आगामी अभियानको रणनीती र स्वरुप तयार बनाएर अभियान संचालन गर्ने नगर अध्यक्ष सरीता तामाङले बताउनु भयो ।
त्यस्तै रेडियो बिहानीसंग कुरा गर्दै जिल्ला अध्यक्ष संगीता कँडेलले सामाजिक रुपमा महिलामाथि भएका अपमान र भेदभावलाइ पहिचान गरि महिलालाइ पनि समान रुपमा सामाजिक अधिकार प्रदान गर्न माओवादीको विशेष रुपान्तरण अभियानले गर्नु पर्ने बताउनु भयो । उहाँले आउदै गरेको हरितालिका तीजको पनि सम्पुर्ण देश तथा बिदेशमा रहनु भएका महिला दिदिबहिनीहरुलाइ शुभकामना व्यक्त गर्नु भयो ।
कार्यक्रममा पार्टी केन्द्रिय सदस्य तथा महिला संघ क्रान्तिकारीको जिल्ला इन्चार्ज अप्सरा सिंखडा,जिल्ला संयोजक मनराज भण्डारी,नगर उप प्रमुख दिपक विस्वकर्म लगायतले शुभकामना दिएको थियोे ।
सरिता तामाङको अध्यक्षता पार्टी केन्द्रिय सदस्य तथा महिला संघ क्रान्तिकारीको जिल्ला इन्चार्ज अप्सरा सिंखडाको प्रमुख आतिथ्यतामा सप्पन्न भएको हो । जसको विशिष्ट अतिथिमा जिल्ला संयोजक मनराज भणडारी,अखिल नेपाल महिला संघ क्रान्तिकारी जिल्ला अध्यक्ष संगीता कँडेल,नीलकण्ठ नगर उपप्रमुख दिपक बिस्वकर्म,बागमती प्रदेश कोष अध्यक्ष सङगीता भट्टराई लगायत जिल्ला भरिका माहिला नेता कार्यकर्ताहरु लगायतको उपस्थिती रहेको थियोे ।
प्रतिक्रिया दिनुहोस