धादिङ २३ भाद्र
नेकपा माओवादी केन्द्र नेत्रावती डब्जोङ गाउँपालिकाको तेस्रो विस्तारित पुर्ण वैठक सम्पन्न भएको छ ।
नेकपा माओवादी केन्द्रको ‘जनतासंग माओवादी विशेष रुपान्तरण अभियान’लाई गत भाद्र १६ गते विधिगत रुपमा उद्घाटन भएपश्चात वडा कमिटी,टोल,सेल कमिटीका साथै विभिन्न जवस मोर्चालाई परिचालन गर्ने,वडा कमिटी चयन गरि पुरा गर्ने र केन्द्र,प्रदेश,जिल्लाको सर्कुलर अनुसार अभियान संचालन गर्ने उद्धेश्यले पुर्ण विस्तारित वैठक डाकेको गाउँपार्टी कमिटी अध्यक्ष प्रेम बहादुर तामाङले बताउनुभयो ।
उक्त वैठकले असोज महिना भित्र सदस्य नवीकरण तथा लेवी संकलन,सहिद वेपत्ता घाईते अपाङगता भएका व्यक्ति,निम्न आयस्तर भएका व्यक्ति समूदायको पहिचान गरि सहयोग प्रदान गर्ने निर्णय गरिएको थियो ।
वडा नम्बर २ कमिटीको अध्यक्ष युकेश घले रोजगारको शिलशिलामा विदेश प्रस्थान गरेको हुँदा उक्त रिक्त पदमा पालिका कमिटी सदस्य रमेश तामाङलाई वडा अध्यक्षको जिम्मेवारी प्रदान गरेको गाउँपार्टी कमिटी अध्यक्ष तामाङले जानकारी दिनुभयो ।
‘जनतासंग माओवादी विशेष रुपान्तरण अभियान’घरघरमा माओवादी जनजनमा माओवादी भन्ने नारासाथ ३ महिने अभियान भाद्र १६ गते देशभरका ६ हजार ७ सय ४३ वडाहरुमा विधिगत रुपमा उद्घाटन गरिएको थियो ।
गाउँपार्टी अध्यक्ष प्रेम बहादुर तामाङको अध्यक्षता बागमती प्रदेश कमिटी सदस्य एवम् जनतासंग माओवादी विशेष रुपान्तरण अभियानका प्रतिनिधी मंग बहादुर तामाङको प्रमुख आतिथ्यतामा सम्पन्न भएको वैठकमा गाउँकमिटी पदधिकारी,सदस्य,वडा कमिटी,जवस मोर्चा लगायत शुभेच्छुकहरुको उपस्थिती रहेको थियो ।
प्रतिक्रिया दिनुहोस