धादिङ २३ भाद्र
प्रगतीशिल महिला वचत तथा ऋण सहकारी सस्थाका निलकण्ठ १४ धुवाकोट को १६औँ वार्षिक साधारणसभा सम्पन्न भएको छ ।
सहकारीकी अध्यक्ष कमला तामाङ को सभापतित्व कार्यक्रममा निलकण्ठ १४का वडा अध्यक्ष नमराज दुवाडीको प्रमुख आतिथ्यता रहेको थियो भने शुभतारा सानाकिसान कृषि सहकारीका अध्यक्ष शिवकुमार श्रेष्ठ नेकपा एमालेका कार्यवाहक अध्यक्ष बोध प्रसाद नेपाल ने क पा माओवादीका कार्यवाहक अध्यक्ष राजकुमार श्रेष्ठ विभिन्न संद्य सस्थाका प्रतीनिधिको आतिथ्यता रहेको थियो ।
कार्यक्रममा सस्थाको कुल सेयर सदस्य १२१ रहेको यो वर्ष कुल १४३७२११ को लगानि तथा कारोवार गरेको सस्थाले कुल नाफा १५०३२ नाफा कमाएको सस्थाले आफ्नो जग्गामा घर बनाउन लागेको प्रगती विवरण र भावी कार्य योजनाहरु साधारण सभाबाट पारित गरिएको थियो ।
उक्त कार्यक्रममा सम्बोधन गर्दै प्रमुख अतिथि नमराज दुवाडीले सहकारी उत्पादन र आयाअर्जन केन्द्रित भै लाग्नु पर्ने र सहकारीको माध्यमबाट धुवाकोटको विकास र आयाअर्जन र उद्यमशिलताको विकास गर्न पर्ने सस्थाको कार्यक्षेत्र फराकिलो बनाएर सबै महिलाको सामुहिकताको भावना समेट्नु पर्ने र सुशासनको पक्षमा लाग्नुपर्ने बताउदै सस्थाको अधुरो भवनलाइ पुरागर्ने प्रतिबद्धता समेत व्यक्त गर्नुभयो ।
प्रतिक्रिया दिनुहोस