धादिङ असोज २४
६४ औँ प्रहरी दिवस धादिङमा पनि विशेष समारोहको आयोजना गरी भव्यताका साथ मनाइएको छ । जिल्ला प्रहरी कार्यालय धादिङको प्राङगणमा सम्पन्न भएको समारोहमा प्रमुख जिल्ला अधिकारी अस्मान तामाङको अध्यक्षता, जिल्ला समन्वय समिति धादिङका प्रमुख जगन्नाथ नेपालको प्रमुख आतिथ्यता, नीलकण्ठ नगरपालिकाका मेयर भिम प्रसाद ढुङ्गाना र उप मेयर मनराज भण्डारीको विशेष आतिथ्यता रहेको थियो ।
कार्यक्रममा जिल्ला प्रहरी कार्यालय धादिङका निमित्त कार्यालय प्रमुख प्रहरी नायव उपरीक्षक रुपक खड्काले स्वागत मन्तव्यका साथै संगठन प्रहरी प्रमुख महानिरीक्षक सर्बेन्द्र खनालबाट प्रहरी दिवसको अवसरमा प्राप्त शुभकामना सन्देश बाचन गर्नु भएको थियो । कार्यक्रमको अवसरमा विभिन्न समयमा सहादत प्राप्त गरेका अमर प्रहरीहरुको स्मृतिमा बनेको अमर प्रहरी स्मारकमा पुष्पाहार (रेत) तथा पुष्पगुच्छा चढाई श्रद्धाञ्जली अर्पण गरिएको थियो ।
कार्यक्रमकै अवसर पारी विभिन्न समयमा प्रहरीसँगै शान्ति सुरक्षा र अमन चयन कायम गर्न सहयोग पु¥याउने उत्कृष्ठ प्रहरी कर्मचारी, विभिन्न संघ संस्था तथा व्यक्तिहरुलाई कदरपत्रद्धारा सम्मान गरिएको थियो । कार्यक्रममा मन्तव्य राख्दै नीलकण्ठ नगरपालिकाका प्रमुख भिम प्रसाद ढुङ्गानाले पछिल्लो समय प्रहरी सङ्गठन राजनीतिकरण हुँदै गएको आरोप लाग्न थालेकाले सजग रहन आग्रह गर्नुभयो ।
यस्तै प्रमुख अतिथि जगन्नाथ नेपालले धादिङ जिल्लाको शान्ति सुरक्षाको अवस्था सुदृढ हुँदै गएकाले शान्ति सुरक्षा र अमन चयन कायम गर्न प्रहरी सङ्गठन सफल बन्दै गएको बताउनु भयो ।
प्रतिक्रिया दिनुहोस