धादिङ २२ भाद्र
आज अन्तर्राष्ट्रिय साक्षरता दिवसको अवसरमा नीलकण्ठ नगरपालिका वडा नम्बर १४ धुवाकोटमा रहेको धुवाकोट सामुदायिक सिकाई केन्द्रको आयोजनामा अन्तरक्रिया तथा चियापान कार्यक्रम सम्पन्न भएको छ ।
धुवाकोट सिकाई केन्द्रको अध्यक्ष सुमन अधिकारीको अध्यक्षतामा सम्पन्न भएको कार्यक्रममा नीलकण्ठ नगरपालिका वडा नम्बर १४ का कार्यवाहक वड़ा अध्यक्ष कमला तामाङको प्रमुख आतिथ्यता रहेको थियो ।
त्यसैगरी विशेष अतिथिहरुमा वडा सदस्य सूर्य बहादुर तामाङ, सरस्वती माध्यमिक विद्यालयका पूर्व प्रधानाध्यपक शालिकराम अर्याल लगायतको उपस्थिति रहेको थियो ।
कार्यक्रमलाई सम्वोधन गर्नुहुदै प्रमुख अतिथि कार्यवाहक वडा अध्यक्ष तामाङले धुवाकोट सामुदायिक सिकाई केन्द्रले धुवाकोटको शैक्षिक अवस्थामा पूर्ण साक्षर गा.वि.स घोषणा गर्ने क्रममा महत्वपूर्ण योगदान दिएको र विभिन्न आय आर्जनका समुहहरु, निर्माण गरि महिला दिदि बहिनीहरूलाई व्यवसायी र उद्यमी बनाउने कार्यमा महत्वपूर्ण कार्य गर्दै आएकोमा, धुवाकोट सामुदायिक सिकाई केन्द्रलाई वडाको तर्फबाट गर्नुपर्ने सहयोग गर्ने बताउदै शुभकामना व्यक्त गर्नुभयो ।
प्रतिक्रिया दिनुहोस