धादिङ २१ भाद्र
धादिङबेशीमा खुल्ला कविता वाचन प्रतियोगिता सम्पन्न भएको छ ।
निजामती सेवा दिवसको अबसर पारेर कर्मचारी मिलन केन्द्र धादिङको आयोजना र नीलकण्ठ प्रज्ञा प्रतिष्ठान धादिङको सहयोगमा सम्पन्न भएको हो ।
उक्त प्रतियोगितामा प्रादेशिक सडक डिभिजन कार्यलय धादिङका लेखा अधिकृत राम बहादुर रावल,मालपोत कार्यलय धादिङमा कार्यरत लिलानाथ पौडेल,जिल्ला अनुसन्धान कार्यलयमा कार्यरत सुशान्त बराल,जिल्ला आर्यूवेद अस्पतालमा कार्यरत डा.अमूल्य दाहाल,शिव दल गण धादिङका गणपति प्रमुख सेनानी अशोकराज वराल,धादिङ अस्पतालमा कार्यरत कृष्ण अभिलासी चिन्तन,जिल्ला प्रशासन कार्यलयमा कार्यरत साजन न्यौपाने,जिल्ला अनुसन्धान कार्यलयमा कार्यरत संगीता घिमिरे गरि ८ जनाको प्रतिष्पर्धा रहेको थियो ।
उक्त प्रतियोगिताबाट ,शिव दल गण धादिङका गणपति प्रमुख सेनानी अशोकराज वराल प्रथम,जिल्ला अनुसन्धान कार्यलयमा कार्यरत संगीता घिमिरे द्धितिय,मालपोत कार्यलय धादिङमा कार्यरत लिलानाथ पौडेल तृतीय भएको छ ।
कर्मचारी मिलन केन्द्र धादिङको अध्यक्ष तथा डिभिजन वन कार्यालयका प्रमुख अजय विक्रम मानन्धरको अध्यक्षता प्रमुख जिल्ला अधिकारी एवम् कर्मचारी मिलन केन्द्र धादिङको संरक्षक बद्रीनाथ गैह्रेको प्रमुख आथिथ्यतामा सम्पन्न भएको कार्यक्रममा नीलकण्ठ प्रज्ञा प्रतिष्ठानका अध्यक्ष वद्री प्रसाद दाहाल सुरक्षा निकायका प्रमुख तथा प्रतिनिधी,पत्रकार निजामती कर्मचारीहरुको भव्य उपस्थिीती रहेको थियो ।
कर्मचारी मिलन केन्द्र धादिङले रक्तदान, मैत्रीपुर्ण फुटबल प्रतियोगिता, ब्याडमिन्टन प्रतियोगिता, खुल्ला कविता वाचन प्रतियोगिता लगायतका कार्यक्रमहरु सम्पन्न गरिसकेको छ ।
यसको पुरस्कार तथा सम्मान भने भाद्र २२ गते शुक्रबार निजामती कर्मचारी दिवसको दिन जिल्ला समन्वय समिती सभाहलमा भव्य कार्यक्रम गरी हस्तनतरण गर्ने कर्मचारी मिलन केन्द्र धादिङले जनाएको छ ।
नेपालमा हरेक वर्ष भाद्र २२ गते निजामती कर्मचारी सेवा दिवस मनाउदै आएको छ ।
प्रतिक्रिया दिनुहोस