धादिङ २० भदौ
महिला, बालबालिका तथा ज्येष्ठ नागरिकमन्त्री सुरेन्द्रराज आचार्यले सरकार मानव बेचबिखन रोक्न सक्रिय रहेको बताउनुभएको छ ।
बुधवार मानव बेचबिखनविरुद्धको सत्रौँ राष्ट्रिय दिवस मूल समारोह समितिले आयोजना गरेको कार्यक्रमलाई सम्बोधन गर्दै मन्त्री आचार्यले यस्तो बताउनुभएको हो । उहाँले मानव बेचबिखन नियन्त्रणका लागि सरोकारवालाहरूसँग हातेमालो गरेर काम गर्न पनि सरकार प्रतिबद्ध रहेको बताउनुभयो ।
उहाले सामूहिक प्रयासबाट मात्रै मानव बेचबिखनको समस्या समाधान हुने बताउदै सरकारले यस सन्दर्भमा विभिन्न गतिविधि गर्दै आइरहेको पनि स्पष्ट पार्नुभयो ।
उनले भारतसँगको खुला सीमा, गरिबी‚ नागरिकको न्यून सचेतना स्तर र मानव बेचबिखनको बदलिँदो प्रवृत्तिका कारण समस्याको समाधान अपेक्षित रूपमा हुन नसकेको बताउनुभयो ।
मन्त्री आचार्यले सामाजिक सञ्जालको दुरुपयोग र वैदेशिक रोजगारको बढ्दो प्रवृत्तिका कारण पनि समस्या देखा परेको समेत उल्लेख गर्नुभयो ।
प्रतिक्रिया दिनुहोस