धादिङ १५ असोज
राष्ट्रिय गौरवको विषयमा रहेको बुढीगण्डकी परियोजनालाई सरकारले विशेष प्राथमिकता दिएको राष्ट्रिय योजना आयोगका उपाध्यक्ष डा. पुष्पराज कंडेलले बताउनु भएको छ । बुढीगण्डकी मुआब्जाको लागि नेपाल सरकारबाट यस बर्ष १३ अर्ब रकम छुट्याएको कंडेलले बताउनु भयो । बुधबार नेकपा धादिङले आयोजना गरेको दशैँ, तिहार र छठको शुभकामना आदान प्रदान कार्यक्रममा बोल्दै कंडेलले धादिङको उत्तरी क्षेत्रमा चालु आर्थिक बर्षभित्र सडक विस्तारको काम सम्पन्न गर्ने बताउनु भयो । कंडेलले धादिङ जिल्लाको विकासको लागि कस्ता कामहरुलाई प्राथमिकता दिनु पर्छ यस विषयमा सल्लाह सुझाव दिन आग्रह गर्दै सरकारले बुढीगण्डकी परियोजनाको कामलाई छिटो सम्पन्न गर्न सके मात्र विकास निर्माण कार्यले काँचुली फेर्न सक्ने बताउनु भयो । नेपाल कम्युनिष्ठ पार्टी (नेकपा) जिल्ला संगठन कमिटि धादिङका कार्यबाहक अध्यक्ष नेत्रराज पौडेलको अध्यक्षता रहेको कार्यक्रममा राष्ट्रिय योजना आयोगका उपाध्यक्ष डा. पुष्पराज कंडेलको प्रमुख आतिथ्यता रहेको थियो । कार्यक्रममा प्रदेश ३ का आन्तरिक मामिला तथा कानुन मन्त्री सालिक राम जम्कट्टेल, संघीय सांसद भूमि त्रिपाठी, खेम लोहनी, प्रदेश सांसद राजेन्द्र पाण्डे, डा.रामकुमार अधिकारी, जिल्ला समन्व्य समिति धादिङका प्रमुख जगन्नाथ नेपाल लगाायत नेकपाका नेता कार्यकर्ताहरुको सहभागिता रहेको थियो । शुभकामना आदान प्रदान कार्यक्रमकै अवसर पारी नेपाली काङ्ग्रेस धादिङका ७० भन्दा बढी नेता कार्यकर्ताहरु नेकपामा प्रवेश गरेका थिए । यसैबीच नेकपा धादिङले धादिङ जिल्लाको १३ वटै स्थानीय तहका सदस्यहरुलाई सपथ ग्रहण कार्यक्रम समेत सम्पन्न गरेको छ ।
यस्तै डा. कंडेलले बुधबार बिहान प्रत्रकारहरुसँग कुरा गर्दै सरकारले बुढीगण्डकी परियोजनाको मुआब्जा वितरण कार्य यसै बर्ष टुङ्ग्याउने बताउनु भएको छ । मुअब्जा वितरण कार्यमा देखिएको समस्या समधान गरी कुन मोडलमा जाने भन्ने अन्यौलतालाई समेत निराकरण गर्न पहल गरिरहेको बताउनु भयो । राष्ट्रिय योजना आयोग राज्यको संरचना परिर्वतन भए पछि नीति कार्यक्रम निर्माण गर्ने थलो भएको बताउनु भयो । राष्ट्रिय योजना आयोगले १५ औं बर्ष योजना निर्माण गर्नुका साथै २५ बर्षे रणनीति समेत निर्माण गरिसकेको कंडेलले बताउनु भयो । यसै गरी राष्ट्रिय योजना आयोगले १२ हजार १ सय डलर प्रतिव्यक्ति आए बनाउने, ७ प्रतिशतको आर्थिक बृद्धिदरबाट १० प्रतिशत बनाउने लक्ष्य समेत लिएको कंडेलले बताउनु भएको थियो ।
राष्ट्रिय योजना आयोगले पूर्वाधार, यातायात, उत्पादन, मानव संसाधनको विकास, राष्ट्रिय एकतालाई मजबुत बनाउने, १५ औं योजनाको मूल लक्ष्य पुरा गर्ने , राष्ट्रिय योजनाका लक्ष्यहरु पूरा गर्ने र धादिङको विकास, सीतापाइला धार्के सडकलाई बैकल्पिक रुट, र पृथ्वीराजमार्गको बैकल्पिक रुट निर्माण गर्र्ने जस्ता १० वटा लक्ष्यहरु लिएको उहाँले बताउनु भयो । कंडेलले नीलकण्ठ नगरपालिका तथा सबै गाँउपालिकाहरुमा सकड पु¥याउन सके मात्र पर्यटकहरुको आगमन हुने बताउनु भयो ।
प्रतिक्रिया दिनुहोस