धादिङ १७ भदौ
सरकारले संविधान दिवस तीन दिन मनाउने निर्णय गरेको छ । आइतवार प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सिंहदरबारमा बसेको संविधान दिवस मूल समारोह समितिको बैठकले यो निर्णय गरेको भौतिक पूर्वाधार तथा यातायातमन्त्री प्रकाश ज्वालाले बताउनुभएको हो ।
उहाँका अनुसार बैठकले असोज २, ३ र ४ गते तीन दिनसम्म विभिन्न समारोहका साथ संविधान दिवस मनाउने कार्यक्रम तय गरेको छ ।
असोज २ गते स्मारिक प्रकाशन, संवाद, परिसंवाद, अन्तरक्रिया कार्यक्रमहरू हुने र ३ गते सैनिक मञ्च टुँडिखेलमा विशेष समारोह गर्ने कार्यक्रम तय भएका छन् ।
मन्त्री ज्वालाले सरकारले संविधान दिवसको अवसरमा तीन दिनसम्म साँझमा दीप प्रज्वलन गर्ने पनि बताउनुभयो ।
अनलाईन साभार
प्रतिक्रिया दिनुहोस