कृष्ण बहादुर लामिछाने
गोरखा असोज १३
स्थानीय युवाहरुको मनोबल मित्रताको लागि फुटबल भन्ने मूल नाराका साथ प्रथम भिमसेन थापा सेभेन ए साइड फुटबल कप भिमसेन थापा गाउँ पालिका ३ कुल्ली गहिरो तान्द्राङको खेल मैदानमा सुरु भएको छ । भिमसेन थापा गाउँ पालिकाको आर्थिक सहयोग र वडा खेलकुद समिति भिमसेन थापा गाउँ पालिका ३ तान्द्राङको आयोजनामा प्रतियोगिता सुरु भएको हो । भिमसेन थापा गाउँ पालिकाका युवाहरुबीच भाइचारा राख्न स्वस्थ प्रतिस्पर्धाको विकास गर्न फुटबल खेलमा उदयमान प्रतिभाको पहिचान र प्रोत्साहन गर्न शारीरिक र मानसिक विकास गराउने उद्देश्यका साथ प्रतियोगिताको आयोजना गरिएको हो । प्रतियोगितामा प्रथम पुरस्कार रु. ५० हजार, , द्धितीय पुरस्कार रु ३० हजार , तृतीय पुरस्कार रु २० हजार मेडल ट्रफी र प्रमाणपत्र प्रदान गरिनेछ । यस्तै इयर अफ द टुनामेन्ट, वेस्ट गोलकिपर, वेस्ट फिल्डर, हाइएस्ट गोल स्क्रोरर, उत्कृष्ठ खेलाडी, इएर प्ले अवार्ड एक÷एक जनालाई रु ५ हजार मेडल र प्रमाणपत्र प्रदान गरिने छ ।
कार्यक्रमका प्रमुख अतिथि समेत रहनुभएका गाउँ पालिकाका अध्यक्ष ईश्वर पाण्डेले व्यानर खोलेर हस्ताक्षर गरी कार्यक्रमको उद्घाटन गर्नु भएको हो । आजबाट सुरु भएको प्रतियोगिता १५ गते समापन गरिने छ । गाउँ पालिकाभित्रका ७ वडा सहभागी भएको प्रतियोगितामा ७ वटा समूहको प्रतिस्पर्धा हुनेछ । वडा खेलकुद समितिका सदस्य नारायण सुवेदीले सञ्चालन गर्नुभएको उद्घाटन सत्रलाई प्रमुख अतिथि ईश्वर पाण्डे, विशेष अतिथि विनु वाग्ले, वडा अध्यक्ष लिलानाथ लामिछाने र शिक्षक भिमसेन काजी बानियाले सम्बोधन गर्नुभएको थियो । आयोजक वडा खेलकुद समितिका अध्यक्ष समिर ढकालको अध्यक्षता रहेको कार्यक्रममा गाउँ पालिकाका अध्यक्ष ईश्वर पाण्डेको प्रमुख आतिथ्यता रहेको थियो । गाउँ पालिकाकी उपाध्यक्ष विनु वाग्लेको विशेष आतिथ्यता रहेको समारोहमा एन्फाका रेफ्री द्धय दिनेश अधिकारी, प्रविण गौतम, वडा अध्यक्ष लिलानाथ लामिछाने, इलाका प्रहरी कार्यालय आरुघाटका प्रहरी निरिक्षक विमल पराजुली, शसस्त्र प्रहरी बल बेस क्याम्प आरुघाटका प्रहरी निरिक्षक उपेन्द्र क्षेत्री लगायत वडा अध्यक्षहरु स्थानीय तहका निर्वाचित जनप्रतिनिधिहरु, पार्टी प्रतिनिधिहरु, संघ संस्थाका प्रमुख एवं प्रतिनिधिहरु, खेलाडीहरु र प्रत्रकार समेतको आतिथ्यता रहेको समारोहमा खेलप्रेमी दर्शकहरुको उल्लेखनीय उपस्थिति रहेको थियो ।
प्रतिक्रिया दिनुहोस