धादिङ १६ भदौ
जनतासँग माओवादी विशेष रूपान्तरण अभियान आज उद्घाटन भए संगै माओवादी केन्द्रिय सदस्य अप्सरा सिम्खडाको प्रमुख आतिथ्यतामा नीलकण्ठ नगर पालिका वडा नम्बर–८ मा विविध कार्यक्रम गरि जनतासङ माओवादी विशेष रुपान्तरण अभियान कार्यक्रम सम्पन्न गरिएको छ ।
आज सञ्चालन गरिएको अभियानमा वडा नम्बर ८ मा ८ जनाले पार्टी प्रबेश गरेका छन् , क्यान्सर पिडित एक महिलालाई सहयोग स्वरुप नगद ६ हजार हस्तान्तरण र कलाका धनी जस्मिन बिकले कोरेको कमरेड .प्रचण्डको हस्तचित्रलाई कदर स्वरुप सम्मान गरि कार्यक्रम सम्पन्न गरिएको हो ।
घरघरमा माओवादी, जनजनमा माओवादी’ भन्ने नाराका साथ शनिबारबाट मंसिर १६ गते सम्म चल्ने माओवादीको बिशेष अभियान जिल्लाका १०४ वटै वडामा विधिगत रुपमा उद्घाटन गरि अभियान सञ्चालन गरेको जिल्ला समन्वय समितिले जनाएको छ ।
प्रतिक्रिया दिनुहोस