धादिङ १६ भदौ
नेकपा माओवादी केन्द्रको तीन महिने जनतासँग माओवादी विशेष रूपान्तरण अभियान आज उद्घाटन हुने भएको छ ।
‘घरघरमा माओवादी, जनजनमा माओवादी’ भन्ने नाराका साथ शनिबारबाट मंसिर १६ गते सम्म सञ्चालन हुने माओवादीको बिशेष अभियान जिल्लाका १०४ वटै वडामा विधिगत रुपमा उद्घाटन हुने भएको जिल्ला समन्वय समितिले जनाएको छ ।
जिल्लाका केन्द्रीय सदस्य र प्रदेश पदाधिकारीहरु जिल्ला बाहिर रहने कार्यविधि अनुसार धादिङका नेता मोहन कार्की, पुष्पविक्रम मल्ल, शालिकराम जमकट्टेल, कल्पना धमला, रामबहादुर भण्डारी र दलबहादुर बुर्लाकोटी यो अभियानमा जिल्ला बाहिर रहने भएका छन् ।
केन्द्रिय सदस्य अप्सरा सिङ्खडा भने जिल्लामै रहने भएको छ । ‘घरघरमा माओवादी, जनजनमा माओवादी’ भन्ने नाराका साथ आज शनिबार देखि माओवादी केन्द्रले देशैभरि एकै पटक उद्घाटन भएको छ ।
प्रतिक्रिया दिनुहोस