धादिङ १५ भदौ
धादिङको खानियाबास गाउँपालिका वडा नम्बर १ साबिकको झार्लाङमा खानेपानी मर्मत संभार गरि पुनः सञ्चालनमा आएसंगै स्थानीयहरुमा खुशी छाएको छ ।
खानियाबास गाउँपालिकाको लागभग १५० धरधुरीका परिवारमा केही हप्तादेखि खानेपानीको चरम अभाव खेपीरहेको समयमा बिहिवार शिङ्गला माध्यमिक बिद्यालयका प्रधानाध्यापक बिमल लामा लोप्चन र शिक्षक हर्क योन्जन तामाङको टोलीले खानेपानीको मर्मत सम्भार गरि गाउँमा फेरि पनि खानेपानीलाई पुनः प्रयोगमा ल्याउने वातावरण निर्माण गरेको छ ।
एकले थुकी सुकी र सयले थुकी नदी भने जस्तै र आफ्नो गाउँ आफै बनाउन भन्ने मुल नाराका साथ खानेपानीको मर्मत गरिएको बिमल लामा लोप्चनले बताउनुभयो ।
झार्लाङ गा.वि.सको माथिल्लो भेगमा पर्ने विशेष गरि त फेन्हु,न्याक्सा, लुङ्गोलो, स्यम्चेन,सिङ्सर, निकीगङ मम्ब र यम्चेत टोलका बासिन्दाहरुमा बर्खाको बेलामा खानेपानीको समस्य हुने गरेको स्थानीयहरु बताउनुहुन्छ । गाउँबाट ६÷७ किलोमीटर लामो दुरीमा रहेको वङ्हु खोलाको पानी ल्याएर खाने गरेकोमा लगातार पानी परेको कारण पाइप चुडेको र धेरै काममा बेस्ता भएको मौसमको कारण ११ दिनदेखी खानेपानी अवरुद्ध भएको थियो ।
बङ्हुको पानी नआएपछी गाउँलेहरु गाउँका कोही कोश टाढा रहेको उङ्गुल ग्युङको पानी बोकि प्रयोग गरिरहेको थियो । गाउँमा यदि ठूलो समस्य हुँदा पनि जनप्रतिनिधिहरुले वा वडाले बेवास्ता गर्दा विहिबार गाउँमा रहेको समाजसेवी तथा युवाको टोलीले सार्वजनिक बिदाको अवसरमा खानेपानीको मुहान सम्म नै गई र बिग्रेको ठाउँहरुको पहिचान गरि मर्मत गरिएको हर्क योन्जन तामाङले जानकारी दिनुभयो ।
गाउँमा पुनः खानेपानी आएसङ्गै स्थानीयहरुमा खुशी छाएको छ । मानव जीवनको लागि खानेपानी नभई नहुने तथा अति आवश्यक कुरा हो । सरसफाईदेखि लिएर हरेको कामा पनि प्रयोग गरिन्छ ।
प्रतिक्रिया दिनुहोस