धादिङ १३ भदौ
आज अन्तर्राष्ट्रिय बेपत्ता दिवसको अवसरमा धादिङको धुनिवेशी नगरपालिकामा एक कार्यक्रम गरिएको छ ।
आज बुधवार नेपाल रेडक्रस सोसाइटी जिल्ला शाखा धादिङको आयोजनामा कार्यक्रम सम्पन्न गरिएको हो ।
नेपाल रेडक्रस सोसाइटी धादिङका जिल्ला शाखाका सभापति दुर्लभ कुमार तामाङको सभापतित्वमा सम्पन्न भएको कार्यक्रममा वेपत्ता परिवार समाज केन्द्रिय सदस्य राम बहादुर भण्डारीको प्रमुख अतिथ्यता रहेको थियो भने विशेष अतिथिको रूपमा प्रमुख प्रशासकिय अधिकृत राममणी मिश्र, नेपाल रेडक्रस सोसाइटी धादिङका कोषाध्यक्ष नारायण कुमार श्रेष्ठ रहनु भएको थियो ।
कार्यक्रम लाई सम्बोधन गर्नुहुदै प्रमुख अतिथि भण्डारीले अन्तर्राष्ट्रिय रूपमा थुप्रै राजनितिक परिवर्तनका साथ साथै परिस चाईना लगायतका युद्ध हरुमा थुप्रै मानिसहरु वेपत्ता भएका कारण राज्य विद्रोह पक्ष र आन्दोलनरत पक्षबाट र कुनै न कुनै कारण बाट वेपत्ता भएका मानिसका खोज तलास गर्ने क्रम अहिले पनि जारी भएको र मानव वेपत्ता गराउने हरेक निकायहरूको कारवाहीको माग गर्दै हरेक वर्ष यो दिवस मनाइने गरिएको बताउनु भयो ।
कार्यक्रममा रेडक्रस सोसाइटी धादिङका जिल्ला शाखाका सभापति दुर्लभ कुमार तामाङ वेपत्ता परिवार समाज केन्द्रिय सदस्य राम बहादुर भण्डारी प्रमुख प्रशासकिय अधिकृत राममणी मिश्र, नेपाल रेडक्रस सोसाइटी धादिङका कोषाध्यक्ष नारायण कुमार श्रेष्ठ लगायत विभिन्न संघ संस्था का प्रतिनिधि विभिन्न सञ्चार माध्यमका संञ्चार कर्मिहरुको उपस्थिति रहेको थियो ।
प्रतिक्रिया दिनुहोस