धादिङ ११ भाद्र
गोरखा– भिमसेनथापा गाउँपालिकाका उपाध्यक्ष अमृता देवी वस्ती(भट्ट)ले संबृद्ध भिमसेन थापा गाउँपालिका बनाउने परिकल्पनाका साथ कार्ययोजना अगाडी बढाई रहेको बताउनुभयो ।सोमबार सामूदायिक रेडियो ‘रेडियो बिहानी ९७.६ मेगाहर्ज’धादिङसंग कुराकानी गर्दै उहाँले यस्तो बताउनुभएको हो ।
आधुनिक तथा प्रविधिमैत्री समाजको बिकास संगै मानिसको मानसिकतामा पनि सकरात्मक भन्दा नकरात्मक सोच र चिन्तन बढेको टिप्पणी गर्नुभयो । ‘यो समाजमा खुट्टा तान्ने प्रवृद्धि बढेँको छ,राम्रो गर्ने मानिसलाई घेराबन्दी पार्ने सपार्ने भन्दा विगार्ने मानसिकता हावी देखिने गरेको छ’–उहाँले भने ।
आफु निर्वाचित भएपछि समाज रुपान्तरण र परिवर्तनमा जोड दिई महिला लक्षित,अपाङगता भएका व्यक्ति,ज्येष्ठ नागरिक,पिछडिएका वर्ग,जाति,दलित समूदाय लक्षित कार्यक्रमहरु गरि जनतालाई कृषि,शिक्षा,स्वास्थ्यमा पहुँच पुराउने उद्धेश्यका साथ हरेक वडामा लघु उद्यम बिकास गरि उत्पादनमा प्राथमिकता दिएर काम गर्ने बताउनुभयो ।
त्यस्तै उहाँले बिकासका योजनाहरुको अनुगमन गर्दा ईस्टमेट अनुसारको काम नगर्ने,भ्रष्टचार गर्ने,आलटाल गर्न खोज्ने कुराहरुमा कुनैपनि किसिमको छुट नहुने बताउनुभयो । आर्थिक वर्ष २०८०÷०८१ मा कृषि,स्वास्थ्य,शिक्षा,पुर्वाधार लगायतमा बजेट प्राथमिकीकरण गरिएको उहाँले भन्नुभयो ।
स्थानीय सरकार जनताको नजिकको सरकार भएकाले व्यक्तिगत न्यायिक कुराहरुमा व्यक्तिगत विवाद,लेनदेनका कुरा,जग्गाको साँधसीमा,पारिवारिक झगडा जस्ता कुराहरुलाई पालिकाले नै सहज वातावरणका साथ सजिलो कम खर्चिलो,सरल माध्यमबाट विभिन्न मुद्धा मामिलामा समाधान गरिहेको स्पष्ट पार्दे विद्यालय स्तरमा न्यायिक पहुँच भन्ने अवधारण बनाई रहेको उहाँले भन्नुभयो ।
जनताको हरेका समस्यमा सदैव तयार रहेको बताउँदै समाजमा हुने गरेका विकृती,विसंगति,हुलदङग,मच्याउने,गलत मानसिकता राख्ने,राजनैतिक स्वार्थ राख्ने,मादक पदार्थ सेवन जस्ता कार्य गरि समाज र परिवारको भविष्य पनि अन्धकार तर्फ प्रेरित गर्ने कार्य त्याग्न आग्रह गर्दै उपाध्यक्ष वस्तीले सफल,सुसंस्कृत र संबृद्ध गाउँपालिका निर्माणमा सबैको सहयोग रहनुपर्ने बताउनुभयो ।
प्रतिक्रिया दिनुहोस