धादिङ १३ असोज
विजयादशमी, दिपावली लगायतका ठुला चाडपर्वहरु नजिकिदै गर्दा वित्तिय सुरक्षालाई मध्यनजर गर्दै जिल्ला प्रहरी कार्यालय धादिङले सोमबार धादिङस्थित बैंक तथा वित्तिय संस्थाका प्रमुख एवं प्रतिनिधिहरुसँग अन्तरकृया कार्यक्रमको आयोजना गरेको हो । कार्यक्रममा आफ्नो धारणा राख्दै प्रमुख जिल्ला अधिकारी अस्मान तामाङले चाडपर्वको समयमा बैंकमा कारोबार बढ्ने भएकाले सुरक्षा रणनीति अपनाउन आग्रह गर्नुभयो । बैंकहरुले आफ्नो सफ्टवयर प्रणालीलाई व्यवस्थित बनाइ बाह्य सुरक्षालाई पनि विशेष ध्यान दिन अनुरोध गर्नुभयो ।
नागरिकको लगानीलाई सुरक्षित बनाउनुपर्नेमा जोड दिदै तामाङले बैकंहरुलाई सामाजिक उत्तरदायित्व बहन गर्न समेत आग्रह गर्नुभयो । यस्तै प्रहरी प्रमुख राजकुमार बैदवारले बैंकहरुमा बस्ने सुरक्षा गार्डहरुलाई पुनः विचार गर्दै बैंक बस्ने भवन बाहिरको सुरक्षाको पनि विचार गरी सिसि क्यामेराको व्यवस्था गर्नुपर्ने बताउनु भयो । कार्यक्रममा धादिङबेसीमा सञ्चालित बैंक तथा वित्तिय संस्थाका प्रमुख एवं प्रतिनिधिहरु, प्रमुख जिल्ला अधिकारी अस्मान तामाङ, प्रहरी प्रमुख राजकुमार बैदवार लगायत पत्रकारहरुको उपस्थिति रहेको थियो ।
प्रतिक्रिया दिनुहोस