धादिङ १० भाद्र
नेकपा माओवादी केन्द्र धादिङ काठमाण्डौँ सम्पर्क समन्वय समितीको विस्तारित वैठक सम्पन्न भएको छ ।
आईतबार काठमाण्डौँमा धादिङ काठमाण्डौँ सम्पर्क समन्वय समितीले एक भेलाको आयोजना गरि ’जनतासँग माओवादी विशेष रुपान्तरण अभियान’मा जनताको घर घरमा विशेष अभियानका साथ ’जन–जनमा माओवादी ,घर–घरमा माओवादी ’ भन्ने अभियानका साथ धादिङ काठमाण्डौँ सम्पर्क समन्वय समितीले विशेष नेतृत्व चयन गरि भेला सम्पन्न गरिएको नेकपा माओवादी केन्द्र धादिङ जिल्ला समन्वय समिती धादिङका संयोजक मनराज भण्डारीले जानकारी दिनुभयो ।
बैठकमा पार्टी केन्द्रीय सदस्य तथा बागमती प्रदेश मा.मुख्यमन्त्री क.शालिकराम जम्कट्टेलको विशेष उपस्थितिमा धादिङ जिल्ला भरिका जवस मोर्चा,पार्टीका नेता तथा कार्यकर्ताहरुको बिशेष उपस्थितीमा सम्पन्न भएको संयोजक भण्डारीले जानकारी दिनुभयो ।
उक्त भेलाले अर्जुन बुर्लाकोटिी,होमनाथ न्यौपाने ,राम बहादुर घले,दुर्गा बहादुर बस्नेत र चिन्तामणि ओस्ती रहेको ५ सदस्यीय सल्लाहकार समिति चयन गरिएको हो ।
त्यस्तै शंकर घलानको नेतृत्वमा २३ सदस्यीय थाक्रे गाउँपालिका काठमाडौ सम्पर्क मञ्च चयन गरिएको संयोजक भण्डारीले रेडियो बिहानीलाई बताउनु भयो ।
प्रतिक्रिया दिनुहोस