धादिङ ९ भदौ
बाग्मती नदी संरक्षण अभियानलाई प्रभावकारी बनाउनका लागि बाग्मती नदीमा ‘नदी महोत्सव तथा महाजलयात्रा’ सम्पन्न भएको छ ।
नेपाल एसोसिएशन अफ र्याफ्टिङ एजेन्सिज (नारा), नेपाल नदी संरक्षण संस्था र फ्रेन्ड्स क्लब कुपण्डोलको आयोजनामा आज बिहान ७ बजे कुपण्डोलमा रहेको बाग्मती पुलछेउबाट सुन्दरीघाटसम्म जलयात्रा गरिएको हो ।
नाराका उपाध्यक्ष शिशिर खनालले बाग्मती नदी सभ्यताको पहिचान, संरक्षण र सम्वर्द्धनका साथै र्याफ्टिङ र जल पर्यटनको उजागर गर्नका लागि र नदी महोत्सव तथा महाजलयात्रा गरिएको बताउनुभयो।
काठमाण्डौ सहरका साथै बाग्मती नदीको वातावरण दूषित भएको भन्दै २३औँ संस्करणका रुपमा महाजलयात्रा आयोजना गरिएको हो ।
सामाजिक र धार्मिक इतिहास बोकेको सुन्दर र महत्त्वपूर्ण बाग्मती नदी ढलमा परिणत भएको भन्दै पछिल्लो समय अभियन्ताले विभिन्न अभियान सञ्चालन गर्दै आएका छन् ।
बाजागाजासहित शुरु भएको जलयात्राले सबैलाई नदी नजिक पुर्याउने, नदीको अवस्था बुझाउने, नदी चिनाउने तथा तिनीहरुको सरोकार राख्ने अवस्था सिर्जना गराएको नाराले जनाएको छ ।
अनलाईन साभार
प्रतिक्रिया दिनुहोस