धादिङ ०७ भाद्र
धादिङको रुविभ्याली गाउँपालिका वडा नम्बर ६ खादिङ स्थित हिमालय सरस्वती आधारभुत विद्यालयमा वाल क्लव पुःन गठन तथा अनुशिक्षण कार्यक्रम सम्पन्न भएको छ ।
विहीबार विद्यालयमा एक विशेष कार्यक्रमको आयोजना गरि सेचेन करुणा संस्थाका प्रतिनिधी यसोरोङ तामाङ, विद्यालयका प्रधानध्यापक निर बहादुर तामाङ विद्यालयका शिक्षक विद्यार्थीहरुको उपस्थितीमा वालक्लव गठन तथा अनुशिक्षण गरिएको हो ।
वालवालिकाको आधारभुत आवश्यकता,हकहित,सरसफाई,विद्यालय र घरमा गरिने व्यवाहारिक ज्ञानका कुरा,अनुशासनका कुरा,खेलकुद,शारिरीक मानसिक तथा अतिरिक्त कृयाकलापको विषयमा,शिक्षाको महत्वको बारेमा प्रशिक्षण गरिएको विद्यालयका प्रधानध्यापक निर बहादुर तामाङले जानकारी दिनुुभयो ।
२०८० साल असार ५ गते गठन भएको वालक्लव समितीलाई पुःन गठन गरि अध्यक्ष महेन्द्र तामाङको नेतृत्वमा ११ सदस्ययीय समिती गठन गरिएको छ । जसको उपाध्यक्ष हिशिला वि.क,सचिव निमेश गुरुङ,कोषध्यक्षमा करुणा तामाङ रहेको छ।
मुल समितीको नेतृत्वमा उपसमिती पनि गठन गरिएको छ । जसको अतिरिक्त कृयाकलाप संयोजकमा सुदिप गुरुङ,सदस्यमा ऐस्तर वि.क,स्वास्थ्य शिक्षा तथा सरसफाई समिती संयोजकमा विजय तामाङ,सदस्यमा सविना गुरुङ,हिशिला वि.क रहेको प्रधानध्यापक तामाङले बताउनुभयो ।
सेचेन करुणा संस्थाले रुविभ्याली गाउँपालिकाको ९ वटा विद्यालयमा विद्यार्थी लक्षित शैक्षिक तथा व्यवाहारिक ज्ञानका कुराहरुमा प्रशिक्षणात्मक कामहरु गर्दै आईरहेको छ ।
प्रतिक्रिया दिनुहोस