धादिङ ०७ भाद्र
धादिङमा जनप्रतिनिधी प्रशिक्षण कार्यक्रम सम्पन्न भएको छ ।
विहीबार एक कार्यक्रमको आयोजनागरी नेकपा माओवादी केन्द्र धादिङ जिल्ला समन्वय समितीले ३ महिने ‘जनतासंग माओवादी विशेष रुपान्तरण अभियान तयारीका लागि पार्टी निकट जनप्रतिनिधी प्रशिक्षण कार्यक्रम गरिएको हो ।
निर्वाचित जनप्रतिधीले जनताको कामकार्वाहीमा कत्तिको चासो दिएको छ ? पहिलो वर्षको अनुभव आगामी योजनाको बारेमा र जनप्रतिनिधी जनउत्तरदायी कसरी बन्ने जनतामा कसरी जनमुखी बन्ने,विषयमा प्रशिक्षण भएको माओवादी केन्द्र धादिङका सचिव दिपक लामिछानेले बताउनुभयो ।
जनप्रतिनिधीको सुझाव समिक्षालाई छलफल गरि भोलीहुने जिल्ला समन्वय समितीको वैठकमा केन्द्रिय समिती,प्रदेश समितीले गरेका कार्यविभाजनलाई पनि औपचारिक रुपमा घोषण गरि वडा तहसम्म आगामी भाद्र १६ गते गतेदेखि जनतासंग माओवादी ३ महिने अभियानलाई ससक्त बनाउने छलफल भएको सचिव लामिछानेले बताउनुभयो ।
नेकपा माओवादी केन्द्र धादिङ जिल्ला समन्वय समिती संयोजक मनराज भण्डारीको अध्यक्षता बागमती प्रदेश सरकारका मुख्यमन्त्री शालिकराम जमरकटेलको प्रमुख आतिथ्यता,केन्द्रिय सदस्य अप्सरा सिंखडा,राम बहादुर भण्डारी,बागमती प्रदेशका सहसचिव दल बहादुर बुर्लाकोटी लगायतको सहभागीतामा धादिङको १३ वटै स्थानीय तहहरुमा माओवादी केन्द्र पार्टीबाट निर्वाचित जनप्रतिनिधी जिल्ला समन्वय समिती, गाउँपालिका अध्यक्ष,उपाध्यक्ष,वडा अध्यक्ष लगायतको सहभागीतामा रहेको थियो ।
प्रतिक्रिया दिनुहोस