धादिङ १२ असोज
नेपालीहरुको महान् चाड विजयदशमी शुरु भएसँगै धादिङमा निशुल्क कपडा घर सञ्चालनमा आएको छ । लियो क्लव अफ धादिङको सक्रियतामा “म बनाउँछु, मेरो धादिङ” भन्ने मुल नाराका साथ धादिङबेसी स्थित क्याम्पस चोकमा आइतबार देखि निशुल्क कपडा घर सञ्चालनमा आएको हो । समाजिक सेवामा क्रियाशील भएका धादिङका युवाहरुद्धारा सञ्चालित निशुल्क कपडा घरको नीलकण्ठ नगरपालिका प्रमुख भिमप्रसाद ढुङगानाले उद्घाटन गरेका हुन् । ढुङगानाले समाज सेवामा धादिङका युवाहरुको सक्रियता देख्दा आफूलाई निकै खुसी लागेको बताएका छन् । युवाहरुको यस महत्वपूर्ण कामको लागि नगरपालिका र आफ्नो व्यक्तिगत तर्फबाट सक्दो सहयोग गर्ने प्रतिबद्धता समेत व्यक्त गरेका हुन् । कपडा घर सञ्चालनमा आएता पनि कपडा दान गर्ने भन्दा प्रयोग गर्ने मानिसहरु बढेपछि उद्घाटनको केही समयमै कपडा घर खाली भएको थियो ।
प्रतिक्रिया दिनुहोस