धादिङ ६ भदौ
धादिङको नीलकण्ठ नगर पालिकाको धादिङ आवासिय माध्यमिक विद्यालयमा विद्यार्थीहरुको स्वागत, सम्मान तथा बिदाई कार्यक्रम सम्पन्न भएको छ ।
बुधबार एक भव्य कार्यक्रमको आयोजना गरि कक्षा १२ उतिर्ण गरेका विद्यार्थीहरुलाई बिदाई र कक्षा ११ मा नया भर्ना भएर आएका विद्यार्थीलाई स्वागत गरिएको हो ।
विद्यालय व्यवस्थापन समितिका अध्यक्ष बाबुराम अधिकारीको अध्यक्षतामा सम्पन्न भएको कार्यक्रममा प्रमुख अतिथिको रूपमा निलकण्ठ नगरपालिकाका शिक्षा युवा तथा खेलकुद विकास समितिका प्रमुख एवम् उपसचिव नारायण प्रसाद वाग्ले रहनुभएको थियो ।
कार्यक्रमलाई सम्बोधन गर्नुहुदै प्रमुख अतिथि वाग्लेले विद्यार्थीहरुको उज्वल भविष्यको कामना गर्दै आफ्नो भविष्यलाई आफुले कुन दिशा तर्फ लैजाने भन्ने कुरा आफुमा निर्भर रहेका कारण राम्रोसंग सोच विचार गरेर मात्र बढ्नका लागि सल्लाह दिनुभयो ।
राष्ट्रिय परिक्षा बोर्डबाट संचालित एस एल सी परिक्षामा सबै उत्कृष्ट नम्बर लेराउने विद्यार्थीहरुलाई सम्मान गर्नुका साथै विद्यालयमा लामो समयसम्म कार्यरत विद्यालयको व्यवस्थापक गोविन्द पाण्डे र विद्यालयको कार्यलय सहयोगि सष्टिका रिमाल लाई सम्मान समेत गरिएको विद्यालयका प्रधानाध्यापक ईश्वरी पाण्डेले बताउनुभयो ।
उहाले विद्यालयमा कक्षा ११ र १२ मा अध्यापन गराउनुहुने शिक्षक शिक्षिकाहरुलाई समेत गरिएको बतायनुभयोे ।
प्रतिक्रिया दिनुहोस