धादिङ १२ असोज
जिल्ला प्रहरी कार्यालय धादिङले विजयादशमी, शुभदिपावली तथा छठ पर्वको अबसरमा आइतबार धादिङबेसीमा सडक सभ्यता हाम्रो चाहना, सुरक्षित यात्राको सबैमा शुभकामना, कार्यक्रमको शुभारम्भ गरेको छ । चाड पर्वको समयमा लामो तथा छोटो दुरीका सार्वजनिक सवारी साधनहरुमा यात्रा गर्दा सुरक्षित यात्रालाई लक्षित सडक दुर्घटना न्यूनीकरण गर्ने उद्देश्यले उक्त कार्यक्रमको शुभारम्भ गरिएको हो । शुभारम्भ कार्यक्रममा सावारी साधनका चालकहरुले ध्यानदिनु पर्ने कुराहरुका साथै ऐन कानुन सम्बन्धी २ सय वटा पम्प्लेट समेत वितरण गरिएको थियो । शुभारम्भ कार्यक्रममा संघीय सांसद खेम प्रसाद लोहनी, प्रमुख जिल्ला अधिकारी अस्मान तामाङ, जिल्ला प्रहरी कार्यालय धादिङका कार्यालय प्रमुख राजकुमार बैदवार, राष्ट्रिय अुसन्धान विभाग धादिङका प्रमुख मुकुन्द मरठ्ठा लगायत सञ्चारकर्मीहरुको उपस्थिति रहेको थियो । यसै गरी सोही कार्यक्रमको अवसरमा यात्रुबाहक सवारी साभनहरुमा अनुगमन समेत गरिएको थियो ।
प्रतिक्रिया दिनुहोस