धादिङ ४ भदौ
धादिङमा डेंगी रोग प्रतिकार्य सम्बन्धि अभिमुखिकरण कार्यक्रम सम्पन्न भएको छ ।
सोमबार नेपाल रेडक्रस सोसाइटी धादिङ जिल्ला शाखाको आयोजनामा एक कार्यक्रम गरि डेंगी रोग प्रतिकार्य सम्बन्धि अभिमुखिकरण कार्यक्रम सम्पन्न गरिएको हो ।
नेपाल रेडक्रस सोसाइटी धादिङ जिल्ला शाखाका सभापति श्री दुर्लभ कुमार तामाङ सभापतित्वमा सम्पन्न भएको कार्यक्रममा , प्रमुख जिल्ला अधिकारी श्री बद्री नाथ गैह्रेको प्रमुख आतिथ्यता रहेको थियो भने विषेश अतिथिको रुपमा वरिष्ठ जनस्वास्थ्य प्रशासक डा. नरेन्द्र प्रसाद झा , नगर स्वास्थ्य कार्यलय प्रमुख विष्णु प्रसाद रिजाल रहनुभएको थियो ।
कार्यक्रमलाई सम्बोधन गर्नुहुदै विशेष अतिथि डा.झा ले नीलकण्ठ नगर पालिका भरि ६ महिनाको अवधि सम्म लामखुट्टेको लार्भा खोज्ने तथा नष्ट गर्ने कार्यक्रम गरिएको बताउनुभयो ।
कार्यक्रममा टोल विकास संस्थाका अध्यक्ष एवम् प्रतिनिधी जुनियर रेडक्रस सर्कल , विभिन्न विद्यालयका शिक्षक नायक , युवा रेडक्रस सर्कल नीलकण्ठ बहुमुखी क्याम्पसको तर्फबाट शिक्षक नायक श्री नवराज सापकोटा ,सह शिक्षक नायक श्री सीता श्रेष्ठ ,पुर्व सचिव श्री राजन अधिकारी तथा युवा रेडक्रस सर्कलका उपाध्यक्ष श्री सन्दिप अर्याल ,सह सचीव श्री रोशन बलयकोटी तथा सदस्यहरु अनिता सुनार ,क्रष्टी लम्साल , सुस्मिता श्रेष्ठ , प्रतिमा अर्याल ,सक्रिय स्वयंसेवक सबिना अर्याल तथा आकृती थापा सक्रियता पुर्वक सहभागीता रहेको थियो ।
प्रतिक्रिया दिनुहोस