धादिङ ३० श्रावणर
बागमती प्रदेशका १३ वटा जिल्लाका प्रादेशिक अस्पतालका सबै शैया निःशुल्क हुने भएको छ ।
वागमती प्रदेशका मुख्यमन्त्री शालिकराम जम्कटेलको निर्देशनमा वाग्मती प्रदेशका १३ अस्पतालमा क्याबिन र आईसीयूबाहेक बिरामीहरुको लागि सबै बेड निःशुल्क गर्न लागिएको हो ।
वागमती प्रदेश सरकार मातहतका ति अस्पतालका क्याबिन, एनआईसियू र आईसीयूबाहेक अन्य सबै शैया निःशुल्क हुने छन् ।
प्रदेशअन्तर्गत १३ जिल्लाका १३ प्रादेशिक अस्पतालका ८ सय ११ शैया निःशुल्क उपलब्ध गराइने मन्त्रालयले जनाएको छ ।
मन्त्रालयका आयुर्वेद चिकित्सक डा रविन भुषालद्वारा जारी सूचना अनुसार सबै अस्पताललाई निर्देशन जारी गर्दै भदौ १ गतेदेखि लागू हुने गरी कार्यान्वयन गर्न भनिएको छ ।
प्रतिक्रिया दिनुहोस