धादिङ ३० श्रावण
देशैभर आन्दोलनरत रहेका नेपाल शिक्षक महासंघको घोषित आन्दोलन तथा धर्ना कार्यक्रम धादिङमा पनि सम्पन्न भएको छ । “अधिकार र कर्तव्यका लागि शिक्षक एकता भन्ने मुल नाराका साथ नेपाल शिक्षक महासंघका राष्ट्रिय समिति द्वारा घोषित आन्दोलन २०८० जिल्ला स्तरीय धर्ना कार्यक्रम सम्पन्न भएको हो ।
देशभरका जिल्ला शिक्षा समन्वय इकाइमा धर्ना गरि सरकारले मागलाई सम्बोधन गर्नुपर्ने भन्दै आन्दोलन गरिएको हो । सरकारले निर्माण गरेको ऐन प्रति कुनै पनि शिक्षक शिक्षिकाहरु सन्तुष्ट नभएको हुनाले नै आन्दोलन गर्नुपरेको आन्दोलनमा सहभागी कर्णेश्वर माध्यमिक विद्यालयका शिक्षिका दिलकुमारी दनैले बताउनु भयो ।
वर्तमान राजनैतिक अवस्था र सरकारले निर्माण गरेको ऐन आफुहरुलाई पटक्कै मन नपरेको र यस्तो किसिमका ऐन आफुहरुले स्विकार नगर्ने आदर्श मा वी गजुरी का शिक्षक, एवम् गजुरी गाउपालिका नेपाल राष्ट्रिय शिक्षक संगठनका अध्यक्ष इश्वरी प्रसाद ढुङ्गानाले बताउनुभयो ।
मन्त्रि परिषद्बाट पारित भएका शिक्षा ऐन शिक्षक ,विद्यालय, विद्यार्थी, अभिभावक मैत्रि नभएको र अहिले भइरहेको आन्दोलन सरकारले वेवास्ता गर्ने ढंग वाट जाने हो भने अझै यो भन्दा पनि कड़ा आन्दोलन गर्ने देउराली माध्यमिक विद्यालयका शिक्षक विष्णु प्रसाद अधिकारीले बताउनु भयो ।
नेपाल सरकार र विभिन्न शैक्षिक संगठनहरू विच भएको सम्झौताहरु कार्यान्वयन गरि सम्पूर्ण शिक्षक हरुलाई सम्मान र एक प्रभुत्व वर्गका रूपमा स्थापित गर्नुपर्ने मागका साथ आन्दोलन गरिएको श्री महाकाली माध्यमिक विद्यालयका शिक्षक धुनिवेशी नगरपालिका १ स्थित शिक्षक रामराजा रिजाल ले बताउनुभयो ।
प्रतिक्रिया दिनुहोस