धादिङ २८ श्रावण
मुख्यमन्त्री तथा मन्त्री परिषद्को कार्यालय मुख्यमन्त्रीको स्वकीय सचिवालयले विज्ञप्ती निकालेको छ ।
यहि साउन २७ गते दियो पोष्ट डटकम नामक अनलाईन पत्रिकाले ’वागमतीका मुख्यमन्त्री जमकट्टेलको आडमा ’मानवतस्करी’ कोरिया सपना देखाएर २ सय युवा ठगिए’ शिर्षक राखि समाचार प्रकाशन गरेको प्रति मुख्यमन्त्री तथा सचिवालयको गंभिर ध्यानाकर्षण भएको भन्दै आज आईतबार विज्ञप्ती निकालेको हो ।
समाचारमा भनिएका रुद्र प्रसाद अधिकारी लगायत काठमाण्डौंको दक्षिणकालि नगरपालिकाका विभिन्न राजनैतिक दलका प्रतिनीधि सहित मुख्यमन्त्री कार्यालयमा विद्यालय वस र विभिन्न योजनाहरुको माग सहित आई दुई पटक मात्र भेट भएको विज्ञप्तीमा उल्लेख गरिएको छ ।
निज अधिकारीले कोरियाको राजदुत बनाउने कुरा र कोरियामा कामदार लानेकुरा नगरेको र कुनै युवालाई कोरिया जाने बारेमा समेत कुरा नगरेको विज्ञप्तीमा उल्लेख गरिएको छ । यदि रुद्र प्रसाद अधिकारी वा अरु कसैले मुख्यमन्त्रीज्युको नाम लिएर त्यस्तो गतिविधि गरेको भए त्यसको भागिदार स्वयं उ आफैं हुने कुराको अवगत गराउँदै कोहि ठगिएको भए कानुनी कार्बाहीमा जान र कोही पीडित छन् भने सहयोग गर्न मुख्यमन्त्री तथा सचिवालय तयार रहेको पनि विज्ञप्तिमा स्पष्ट पारिएको छ ।
निज अधिकारी सँग मुख्यमन्त्री ज्युको कुनै साँठगाँठ नरहेको, संलग्नता नरहेको र संरक्षण नगरेको र मुख्यमन्त्री कार्यालयमा भेटेर फोटो खिचेकै आधारमा संलग्नता र संरक्षण गरेको कुरा निराधार रहेको विज्ञप्तिमा उल्लेख गरिएको छ ।
मुख्यमन्त्री शालिकराम जम्कटेल भेटेको फोटो देखिउँदै गैर कानुनी कार्य गरेको भएमा मुख्यमन्त्री जिम्मेवार नहुने कुरा स्पष्ट गराउँदै यस्ता गैर कानुनी गतिविधिमा संलग्न जो कोहीलाई पनि कानुनी कारवाही गर्न सम्बन्धित निकायहरुलाई अनुरोध समेत गरिएको छ ।
सत्य तथ्य नबुझि समाचार सम्प्रेसण गर्ने दियो पोष्ट अनलाईन पत्रिकालाई सत्य तथ्य बुझेर मात्र समाचार लेख्न आग्रह गर्दै तथ्यहिन तथा एक तर्फी समाचारको भ्रममा नपर्न समेत आग्रह गरिएको छ ।
प्रतिक्रिया दिनुहोस