धादिङ १२ असोज
धादिङबेसी साङकोष तिप्लिङ सडक खण्ड अन्तरगतको नीलकण्ठ १३ टोड्के मा आइतबार बिहान भएको बस दुर्घटनाका गम्भीर घाइते ४ जनालाई हेलिकप्टर मार्फत काठमाडौँ लगिएको छ । आइतबार बिहान सेमजोङबाट धादिङबेसीतर्फ आँउदै गरेको बा ४ ख ५७९३ नम्बरको बस तिव्र गतिका कारण अनियन्त्रित भइ दुर्घटना भएको थियो । नेपाली सेनाको एन ए ०६१ हेलिकप्टरमार्फत दुर्घटनाका गम्भीर घाइतेहरु दल बहादुर तामाङ, सन्त माया गुरुङ, हस्त कुमारी तामाङ र राजु परियारलाई काठमाडौंस्थित ग्राण्डी हस्पिटलमा हेलिकोप्टरमार्फत लगिएको हो । बसमा सवार यात्रुहरुका अनुसार सहचालकले बस चलाएको र सुरुदेखि नै बस अनियन्त्रित जस्तो देखिएको बताएका छन् ।
प्रतिक्रिया दिनुहोस