धादिङ २७ श्रावण
२४ औं अन्तर्राष्ट्रिय युवा दिवसको अबसरमा धादिङबेशीमा खुल्ला रक्तदान कार्यक्रम सम्पन्न भएको छ ।
दिवसको अबसरमा लायन्स क्लब अफ काठमाडौ ब्लड सर्कलद्धारा आयोजित रक्तदान कार्यक्रममा महिला ३ जना पुरुष १३ जना गरि जम्मा १६ जनाले रक्तदान गरेको रक्त संचार सेवा केन्द्र धादिङले जानकारी दिइएको छ ।
शनिबार सम्पन्न भएको रक्तदान कार्यक्रममा नेपाल रेडक्रस सोसाईटी रक्त संचार सेवा केन्द्र धादिङको प्राविधिक सहयोग रहेको थियो । धादिङमा अभियानकै रुपमा रक्तदान कार्यक्रम आयोजना गरिदै आएको छ ।
रगतको अभावलाई न्युनीकरण गर्नको लागी विभिन्न मेला, पर्व, उत्सव, सहकारीको बार्षिक साधारण सभा लगायतको भेला हुने कार्यक्रममा रक्तदान कार्यक्रम राखि रगत संकलन गरीदैँ आएको छ ।
पछिल्लो समय धादिङमा रक्तदानको कार्यक्रमहरु नियमित रुपमा हुन नसक्दा रगत अभाव भएको हुदाँ रगत अभावलाई न्यूनीकरण गर्ने उदेश्यले कार्यक्रमकको आयोजना गरिएको लायन्स क्लब अफ काठमाडौ ब्लड सर्कलका कोषाध्यक्ष नारायण कुमार श्रेष्ठले बताउनुभयो ।
प्रतिक्रिया दिनुहोस