धादिङ २७ श्रावण
आज २४ औं अन्तर्राष्ट्रिय युवा दिवस धादिङसहित देशभर विविध कार्यक्रम गरि मनाइएको छ ।
युवा दिवसको अवसरमा धादिङमा पनि जिल्ला मालपोत कार्यलय परिसरमा वृक्षारोपण कार्यक्रम सम्पन्न गरिएको हो ।
“दिगो विकास लक्ष्य प्राप्तीमा युवाको साथ हरित विश्व निर्माणमा हरित सिप विकास “भन्ने मूल नारा साथ बागमती प्रदेशमा सामाजिक मन्त्रालय अन्तर्गतको जिल्ला युवा समिति को आयोजनामा उक्त वृक्षारोपण कार्यक्रम सम्पन्न भएको हो ।
शनिवार धादिङको जिल्ला मालपोत कार्यलय परिसरमा धुपि, कल्कि म्याङ्गो स्टिक जस्ता विरुवाहरू रोपिएको थियो ।
आज गरिएको वृक्षारोपण युवाहरूको लागि सुचकको रूपमा गरिएको र आजको युवाहरू वातावरणलाई हरियाली र स्वच्छ बनाउनको लागि र वातावरणिय सन्तुलन बनाई राख्नको लागि युवाहरूले महत्वपूर्ण भुमिका खेल्ने जिल्ला युवा समितिका अध्यक्ष सुनिता सिंखडाले बताउनु भयो ।
जिल्ला युवा समितीको आयोजना सम्पन्न भएको कार्यक्रममा युवा रेडक्रस सर्कल निलकण्ठ वहुमुखी विभिन्न जनप्रतिनिधि पत्रकार र बालमन्दिरको एनसिसि विद्यार्थीहरूको सह भगिता रहेको थियो ।
प्रतिक्रिया दिनुहोस