धादिङ २६ श्रावण
अर्घाखाँचीको भूमिकास्थान नगरपालिका–७ माआफैँले बोकेको भरुवा बन्दुक पड्किएर एक जनाको ज्यान गएको छ ।
बारीमा बाँदर धपाउन जाने क्रममा आफैँले बोकेको बन्दुक पड्किएर भूमिकास्थान–७ पानडाँडाका ४५ वर्षीय पदम केसीको ज्यान गएको जिल्ला प्रहरी कार्यालयका प्रमुख एवम् (डीएसपी) मुकुन्द रिजालले जानकारी दिनुभयो । आज बिहान सवा ११ बजेतिर आफैँले बोकेको बन्दुक पड्किएर घाइते भएका केसीको उपचारका लागि लैजादै गर्दा बाटोमै ज्यान गएको हो ।
भरुवा बन्दुक प्रहरीले नियन्त्रणमा लिएको र घटनाको बारेमा अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक (इन्स्पेक्टर) कृष्णप्रसाद घिमिरेले बताउनुभयो ।
अनलाईन साभार
प्रतिक्रिया दिनुहोस