धादिङ २४ श्रावण
आज सामुदायिक वन दिवसको अवसरमा धादिङ सहित देशभर विभिन्न क्षेत्रमा वृक्षरोपण कार्यक्रम गरेर मनाईएको छ ।
“उत्पादन, रोजगार र समृद्रका लागि सामुदायिक वन व्यवस्थापन” भन्ने नाराको साथ् सामुदायिक वन दिवसको उपलक्ष्यमा सत्तरादेवी सामुदायिक वन उपभोक्ता समुह नीलकण्ठ न पा ४ खानीगाँउ धादिङको आयोजना सम्पन्न भएको हो ।
बुधबार डिभिजन वन कार्यालय धादिङ र नीलकण्ठ नगरपालिकाको नगर प्रहरीको सहभागीतामा सत्तरादेवी सामुदायिक वन उपभोक्ता समितिले उक्त वृक्षारोपणमा बाँस, टाकि, निमारो, कल्कि, वर, पिपल,वकाईनो लगाएतको २ सय ५० भन्दा बढि बिरुवा रोपिएको सत्तरादेवी सामुदायिक वन उपभोक्ता समितिको अध्यक्ष मीन बहादुर श्रेष्ठ (काजी) ले जानकारी दिनु भयो ।
वृक्षारोपण गरेर मात्र नहुने त्यस विरुवाको संरक्षण पनि गर्नु पनि महत्वपुर्ण र चुनौतिको विषय भएकाले स्थानीयको सहयोगमा संरक्षणका पहलपनि गरिएको बताउदै अरु पनि यस्तै किसिमको कार्यक्रम तथा दिवसहरुमा वृक्षरोपण कार्यक्रम गर्नु पर्ने लायन्स क्लब अफ काठमाडौ ब्लड सर्कलका कोषध्यक्ष नारायण कुमार श्रेष्ठले बताउनुभयो ।
कार्यक्रममा सामुदायिक वन उपभोक्ता महासङ्घ धादिङ ,डिभिजन वन कार्यालय धादिङ , निलकण्ठ नगर पालिका नगर प्रहरी , लायन्स क्लब अफ काठमाडौ ब्लड सर्कल, धादिङ सोसियल भोलेन्टियर नेपाल र स्थानिय युवाहरुको सहभागिता रहेको थियोे ।
प्रतिक्रिया दिनुहोस