२४ श्रावन २०८०
धादिङमा लैङ्गकि हिंसाका घटना विश्लेषण कार्यक्रम सम्पन्न भएको छ । सहयात्री समाज नेपालको आयोजनामा एक विशेष कार्यक्रमको आयोजना गरि आर्थिक बर्ष २०७९÷८० को लैङ्गकि हिंसाका घटना विश्लेषण कार्यक्रम मंगलबार सार्वजनिक गरिएको हो ।
सहयात्री समाज नेपालको अध्यक्ष गीता खनाल र प्रमुख जिल्ला अधिकारी बद्रीनाथ गैह्रेको प्रमुख आतिथ्यतामा सम्पन्न भएको कार्यक्रममा अतिथिको रुपमा पत्रकार महासंघ धादिङका अध्यक्ष राजाराम शर्मा, जिल्ला प्रहरी कार्यलय धादिङका प्रहरी नायब उपरीक्षक गौतम मिश्र नीलकण्ठ नगरपालिकाका प्रमुख प्रशासकिया अधिकृत पुरुषोत्तम सुवेदी लगायतको सहभागीता रहेको थियो ।
सहयात्री समाज नेपालले सार्वजनिक गरेको लैङ्गकि हिंसाका तथ्यांकलाई हेर्दा आर्थिक बर्ष २०७९÷८० जिल्लामा ४८ ओटा घटनाहरु भएको दर्ता भएको छ । जसमा यौन हिंसा ११, शारीरिक कुटपिट ८ , बाल विवाह ३ ,दाइजोको नाममा कुटपिट १,नागरिकता वा विवाहदर्ता नबाइदिएको ४, अरुसँग लागेको आरोपमा घर निकाला १, सम्पतिबाट बञ्चित ३, खान लाउन नदिएको १, गालीगलौज दुव्र्यहार ७ बोक्सी आरोप १ मानव बेचबिखन १ मनोसामाजिक सहयोग ६ र मोबाइलबाट दुव्र्यहार १ गरि जम्मा ४८ वटा घटना दर्ता भएको वा घटेका छन । उक्त तथ्यांक सार्वजनिक गर्दै सहयात्री समाज नेपाल धादिङकी कार्यकारी निर्देशक राधिका सापकोटाले पछिल्लो समय अधिकांश महिलाहरु आफन्तबाट नै हिंसामा पर्ने गरेको बताउनुभयो ।
विशेष गरि १९ वर्ष देखि ३० वर्षसम्मका महिलाहरु बढि हिंसामा पर्ने गरेका छन् । सहयात्री समाजले हिंसामा परेका महिलाहरुको बीचमा काम गरिरहेका छन । सहयात्री समाजले हिंसामा परेका महिलाहरुको सेफ हाउस संचालन गरिरहेका छन । जसमा ३१ जनाले सेवा लिइरहेको कार्यकारी निर्देशक राधिका सापकोटाले बताउनुभयो । जसमध्ये १० जना बालबालिकाले निशुल्क रुपमा नीलकण्ठ माध्यामिक विद्यालय र एड्भान्स एकेडेमीमा अध्ययन गरिरहेका छन । आफुहरुले संचालन गरेको सेफ हाउसको निम्ति तीन वटै सरकारले चासो नदिदा स्रोत व्यवस्थापनमा चुनौति तथा समस्य उत्पन्न भएको बताएको उहाँको भनाई रहेका छन ।
यस्तै कार्यक्रमलाई सम्बोधन गर्दै प्रमुख जिल्ला अधिकारी बद्रीनाथ गैह्रेले जिल्लभित्र घटीरहेको यस्ता घटनाहरुको रोकथामको लागि स्थानीया सरकारले पहल गर्नुपर्ने कुरामा जोड दिनुभयो ।
प्रतिक्रिया दिनुहोस