धादिङ १२ असोज
धादिङबेसी साङकोष तिप्लिङ सडक खण्ड अन्तरगतको नीलकण्ठ १३ टोड्के मा आइतबार बिहान बस दुर्घटना हुँदा ५ जना घाइते भएका छन् । घाइते मध्ये ३ जनाको अवस्था अत्यन्तै गम्भीर रहेको छ, भने २ जनाको अवस्था सामान्य छ । सेमजोङबाट धादिङबेसीतर्फ आँउदै गरेको बा ४ ख ५७९३ नम्बरको बस तिव्र गतिका कारण अनियन्त्रित भइ दुर्घटना भएको हो । गम्भीर घाइते हुनेहरुमा नेत्रावती डबजोङ गाउँपालिका वडा नं ५ का ६४ बर्षीय दल बहादुर तामाङ, ६० बर्षीय सन्त माया गुरुङ र सोही वडाका ५६ बर्षीय हस्त कुमारी तामाङ रहेका छन् ।
यसै गरी सामान्य घाईते हुनेहरुमा नेत्रवाती डबजोङ गाउँपािलका ५ की २० बर्षीय लक्ष्मी गुरुङ र ५२ बर्षीय राजु परियार रहेका छन् । दुर्घटनामा परी घाइते भएकाहरुलाई जिल्ला अस्पताल धादिङ ल्याइएको छ । घाइतेहरु सबै नेत्रवती डबजोङ गाउँपािलकाबाट धादिङबेसी चाड पर्वको लागि सामान किन्न आएका थिए । गम्भीर घाईते भएका ३ जनालाई हेलिकप्टरबाट थप उपचारको लागि काठमाडौँ लाने तयारी भएको जिल्ला प्रहरी कार्यालय धादिङका प्रवक्ता रुपक खड्काले जानकारी दिनुभयो । चाडपर्व नजिकिएसँगै धादिङ दैनिकजसो दुर्घटना बढ्दै गएको छ । द्धारका लागि नेपाल रेडक्रस सोसाइटी धादिङका स्वयंसेवक , धादिङ सोसियल भोलेन्टियर नेपाल, सयुक्त यम्बुलेन्स चालक समाज नेपाल र नेपाल प्रहरी तथा स्थानीय युवाहरु खटिएका थिए ।
प्रतिक्रिया दिनुहोस