धादिङ २३ श्रावण
चितवनको इच्छाकामना गाउँपालिका–६ मा पर्ने नारायणगढ–मुग्लिन सडक खण्ड दुईतर्फी सञ्चालनमा आएको छ ।
आज मङ्गलवार बिहान सवा ५ बजेतिर लेदोसहितको ठूलो पहिरो खसेसँगै सडक दुईतर्फी अवरुद्ध भएको सडक पहिरो पन्छ्याएपछि दिउँसो २ बजेर २० मिनेटदेखि सडक खण्ड दुईतर्फी सञ्चालनमा आएको हो ।
इच्छाकामना गाउँपालिका–६ को कालीखोलामा पहिरो खसेसँगै सडकमा गाडी आउजाउ रोकिएको थियो ।
बिहान ११ बजेदेखि एकतर्फी सञ्चालनमा आएको सडक दिउँसोबाट पूर्णरूपमा सञ्चालनमा आएको हो ।
जिल्ला प्रहरी कार्यालय चितवनका प्रमुख एवम् प्रहरी उपरीक्षक (एसपी) रामेश्वर कार्कीका अनुसार पहिरो पन्छ्याएसँगै रोकिएका गाडी गन्तव्यतर्फ लागेका छन् ।
यस सडक खण्डमा पटक पटक पहिरो खस्दै आएको छ ।
अनलाईन साभार
प्रतिक्रिया दिनुहोस