२३ श्रावन २०८०
इच्छाकामना गाउँपालिका–६ स्थित कालिखोलामा पहिरो खस्दा चितवन नारायणगढ–मुग्लिन सडकखण्ड अवरुद्ध भएको छ।
निरन्तर बर्षाको कारण पहिरो खसेपछी उक्त क्षेत्रमा सडक अवरुद्ध भएको हो प्रहारीले जानकारी दिएको छ ।
जिल्ला प्रहरी कार्यालय चितवनका प्रमुख प्रहरी उपरीक्षक रामेश्वर कार्कीका अनुसार आज मंगलबार बिहानै लेदो सहितको पहिरो खसेसँगै सडक दुई तर्फी रुपमा अवरुद्ध भएको जानकारी दिनु भयो ।
नेपाल प्रहरी लगायतका टोलिले पहिरो पन्छाउने तयारी भइरहेको उहााले बताउनु भयो ।
पहिरोका कारण सडक अवरुद्ध भएसँगै सवारीसाधन रोकिएका छन्। यो सडकखण्डमा पटक–पटक पहिरो खस्दै आएको प्रहारी प्रमुख कार्कीले बताउनुभयो ।
प्रतिक्रिया दिनुहोस