२३ श्रावन २०८०
सोमबार नेपाल तामाङ घेदुङ जिल्ला समन्वय समिति धादिङ र नेपाल मगर संघ जिल्ला समन्वय समिति धादिङले प्रमुख जिल्ला अधिकारी बद्रीनाथ गैह्रे मार्फत गृहमन्त्रीलाई ज्ञापन पत्र बुझाएको हो ।
अधिवक्ता भागवती पाण्डे(शितल) लाई काुननी कार्वाहि गर्न माग गर्दै प्रमुख जिल्ला अधिकारी मार्फत गृहमन्त्रीलाई ज्ञापन पत्र बुझाएको छ । सोमबार प्रमुख जिल्ला अधिकारी बद्रीनाथ गैरे समक्ष अधिवक्ता शितल पाण्डेद्धारा गम्भीर मानवअधिकार उलंघन भएकोले आवश्यक कारवाही गरी पाउँ भनि ज्ञापन पत्र हस्तान्तरण गरेको हो ।
अधिवक्ता पाण्डेले यहि श्रावण ७ गते प्राइम टेलिभिजन दिक्पाल कार्की द्वारा सञ्चालित चिया गफ कार्यक्रम मा मा अन्तरवार्ता दिने क्रममा तामाङ र मगर जातिमा दाजुबहिनी बीचमा विवाह हुने गरेको र त्यस्तो सम्बन्धबाट जन्मिएको बच्चा अपराधिक मानसिकताको हुनुको साथै यस्तो मानिस भैसी र बाखा भन्दा पनि तुच्छ हुन्छ भनि सिङ्गो तामाङ, मगरलगायत आदिवासी जनजाति समुदायको प्रथाजनित अभ्यासमाथि गलत ढंगले व्याख्या गर्नुका साथै आनुवांशिक रूपमा नै अपराधीकरण गर्ने र मान्छेलाई जनावरसँग तुलना गरिएको ज्ञापन पत्रमा उल्लेख गरिएको छ ।
नेपालको बहुजातिय, बहुधार्मिक, बहुसाँस्कृतिक समाजको धार्मिक, साँस्कृतिक सहिष्णुतामाथि खलल पुग्न गएको भन्दै सिङगो धादिङका तामाङ र मगर समुदायले ज्ञापन पत्र बुझाएको हो ।
मुलुकी अपराध संहिता २०७४ को दफा ४३ (१) को कसूरमा ए, उपदफा(२) बमोजिम थप सजायको मागदाबी गरी कानुनी कार्वाहि गर्नुपर्नेमा पक्राउ परेकै दिन साउन १४ गते केहि घण्टा प्रहरीले नियन्त्रणमा लिई समान्य सोधपुछ गरि सम्मानित जिल्ला अदलत काठमाण्डौंले माथवर व्यक्तिको जिम्मा जमानीमा छाड्नु भन्ने आदेश दिई केही घण्टामै रिहा गरेको घट्ना प्रति थप मर्माहित बनाएको कुरा ज्ञापन पत्रमा उल्लेख गरिएको छ ।
त्यस्तै तमाम तामाङ र मगर समुदायलाई अपराधि करार गर्ने विवादास्पद अभिव्यक्ति दिने अधिवक्ता पाण्डेलाई कानुन बमोजिम हदै सम्मको सजाय दिईयोस्, शान्तिपूर्ण तवरबाट आफ्नो मागहरु राखिरहेका अभियान्ताहरुलाइ नियन्त्रणमा लिई अनावश्यक बल प्रयोग गरेर चरम यातना दिने जिल्ला प्रहरी परिसर टेकु, काठमाण्डौंका प्रहरी वरिष्ठ उपरिक्षक दान बहादुर कार्की सहित संलग्न सबै प्रहरीलाई कार्वाहि गरियोस् , साउन १७ गतेको प्रर्दशनमा प्रहरीको चरम यातना र निर्घात कुटपिटबाट घाईते भएका सबैलाई यथाशीघ्र उपचार या उपचारखर्च सहित उचित क्षतिपूर्ति दिन नेपाल तामाङ घेदुङ संघ धादिङ र नेपाल मगरसंघ धादिङले ज्ञापन पत्र मार्फत गृहमन्त्री सँग माग गरेको तामाङ घेदुङ धादिङका अध्यक्ष दिपक कुमार तामाङ बताउनुभयो ।
प्रतिक्रिया दिनुहोस