धादिङ ११ असोज
शिवज्योति महिला वचत तथा ऋण सहकारी संस्था लिमिटेड धादिङको १३ औ वार्षिक साधारण सभा शनिवार धादिङबेसीमा सम्पन्न भएको छ । यो सहकारी महिलाहरुको आर्थिक अवस्थामा सुधार गर्न, महिलाहरुमा हौंसला र उत्साह बढाउन धादिङ जिल्लामा वि.सं २०६३ साल कार्तिक २२ गते विधिवत् रुपमा दर्ता भई संचालनमा आएको थियो । २५ जना शेयर सदस्यहरुबाट रु. २५ सय शेयर पुँजी सङ्कलन गरी शुरु भएको यस सहकारीको आर्थिक बर्ष २०७५÷०७६ सम्ममा ११ सय ५० जना शेयर सदस्य रहेका छन् । संस्थाको शेयर पुँजी ५३ लाख ६ हजार ४ सय रहेको छ भने ऋण लगानी ४ करोड २६ लाख ६७ हजार ५ सय ४६ रहेको छ । संस्थाको १३ औँ वार्षिक साधारण सभा कार्यक्रममा ७३ बर्षीय जेष्ठ सदस्य डल्ली गुरुङलाई सम्मान गरिएको छ । शिवज्योति महिला वचत तथा ऋण सहकारी संस्था लिमिटेड धादिङकी अध्यक्ष चमेली बगाले काप्रीको अध्यक्षता रहेको कार्यक्रममा धादिङ बचत तथा ऋण सहकारी संघ लिमिटेडका अध्यक्ष टाप बहादुर श्रेष्ठको प्रमुख आतिथ्यता रहेको थियो ।
प्रतिक्रिया दिनुहोस