धादिङ २० श्रावण
नेकपा माओवादी केन्द्रको केन्द्रीय कमिटी बैठकमा सदस्यहरूले आ आफ्नो धारणा राख्ने क्रम जारी छ ।
यसै क्रममा बैठकमा मन्तव्य राख्दै बागमती प्रदेशका मुख्यमन्त्री शालिकराम जम्कट्टेलले अहिले नेतृत्वको आलोचना गर्ने बेला नभएको बताएउनुभएको छ ।
उहाँले बैठकमा आफ्नो धारणा राख्दै अहिले नेतृत्वको आलोचना गर्ने बेला नभई नेतृत्व र पार्टी बलियो बनाउने बेला भएको बताउनुभयो ।
साथै उहाले शान्ति प्रक्रियाको काम छिटोभन्दा छिटो टुङ्ग्याउनुपर्नेमा जोड दिएको बताउनुभयो । उहाले बैठकमा आफ्नो पार्टीको मात्र नभई प्रतिस्पर्धी पार्टीहरूको विषयमा पनि समीक्षा हुनुपर्नेमा जोड दिनुभएको थियो ।
उहाँले आगामी निर्वाचनमा एक्लै चुनाव जित्न सक्ने गरी कार्यक्षेत्रमा जानुपर्ने भन्दै पार्टीको विचार संश्लेषण गर्न नसक्दा माओवादी कमजोर भएको बताउनुभयो ।
साथै नेता जम्कट्टेलले प्रचण्ड पथ छोड्नु गलत थियो भन्ने अहिले पनि पुष्टि भएको समेत दाबी गर्नुभयो ।
प्रतिक्रिया दिनुहोस