१८ साउन श्रावन २०८०
जिल्ला खेलकुद विकास समिति धादिङको भवन परिसरमा वृक्षारोपण कार्य सम्पन्न भएको छ । बिहिबार बिहान एक कार्यक्रमको आयोजना गरी जिल्ला खेलकुद विकास समिति धादिङको आयोजनामा र डिभिजन वन कार्यालय धादिङ, रोटरी क्लव अफ धादिङको सहयोगमा जिल्ला खेलकुद विकास समिति धादिङको निर्माणधिन भवनको परिसरमा वृक्षारोपण गरिएको जिल्ला खेलकुद विकास समिति धादिङका अध्यक्ष प्रताप सिं तामाङ बताउनुभयो ।
तामाङका अनुसार निर्माणधिन भवनको परिसरमा आँपको बोट १० वटा , लिचीको १० वटा र सन्दौर्य मुलक विरुवा ३० वटा रोपिएको हो ।
पछिल्लो समयमा जिल्लाको विभिन्न स्थानहरुमा हरियो वन नेपालको धन भन्ने नारालाई सार्थकता दिनको लागि विभिन्न कार्यक्रमहरुको आयोजना गरी वृक्षारोपण गरिरहेको अवस्थमा जिल्ला खेलकुद विकास समिति धादिङले पनि आफ्नै भवनको वरिपरि विभिन्न प्रकारको बोटविरुवाहरु रोपिएको तामाङले जानकारी दिनुभयो ।
वृक्षारोपण कार्यक्रममा नेकपा माओवादी केन्द्रका धादिङका जिल्ला संयोजक एवम् पूर्व जिल्ला खेलकुद विकास समिति धादिङका अध्यक्ष मनराज भण्डारी, नीलकण्ठ नगरपालिका वडा नं. ३ का अध्यक्ष राजकुमार श्रेष्ठ, रोटरी क्लव अफ धादिङका अध्यक्ष नविनकुमार श्रेष्ठ, पूर्व अध्यक्ष अशोककुमार बस्नेत,जिल्ला विकास समिति धादिङका सदस्य मरियम तामाङ,अनिश अधिकारी नेपाल रेडक्रस सोसाइटी धादिङका कोषाध्यक्ष नारायण कुमार श्रेष्ठ , भिमबहादुर श्रेष्ठ, रोहित भण्डारी, जिल्ला व्यडमिण्टन संघ धादिङका अध्यक्ष विष्णुलाल श्रेष्ठ, खेलाडीहरु लगायतको सहभागिता रहेको थियो ।
तस्बिर ः प्रताप तामाङ
प्रतिक्रिया दिनुहोस