धादिङ १६ श्रावण
नेकपा माओवादी केन्द्र जिल्ला समन्वय समिति धादिङका संयोजक मनराज भण्डारी (शैलेस) ले प्रेस विज्ञप्ति निकालेको छ ।
श्रावण १५ गते ‘नेपाल वाच डट कम’ नामको अनलाइन पत्रिकाले संयोजक भण्डारीले जिल्ला पार्टी कार्यालय भवन निर्माण गर्दा भ्रष्टचार गरेको आरोपको समाचार प्रकाशन गरेपछि उक्त तथ्य हिन समाचारको खण्डन गर्दै मंगलबार विज्ञप्ति निकालेको हो ।
उक्त समाचारमा लगाईएको आरोप सरासर झूट कपोल्कल्पित,भ्रामक,राजनैतिक प्रतिशोध साँध्ने नियतले आएको विज्ञप्तिमा भनिएको छ । प्रकाशित समाचारमा आरोप लागाईए अनुसार सहयोग अनुदान बाट ३ करोड रकम सहयोग संकलन नै नभएको जग्गा खरिद तथा भवन निर्माणको निमित्त प्राप्त सहयोग जिल्ला पार्टी कार्यालयबाट यसअघि नै सार्वजनिक गरिसकिएको जनाएको छ ।
गाउँ÷नगर तथा प्रदेश सरकारबाट विनियोजित ९८ लाख रकम बराबरको काम नेपाल सरकारका आधिकारिक निकायको नियमित अनुगमन तथा सुपरीवेक्षणबाट दुई तले भवन त्यस वरिपरिका संरचनाको निर्माण सम्पन्न भएको विज्ञप्तिमा उल्लेख गरिएको छ ।
सहिद स्मृति प्रतिष्ठानद्वारा सम्पन्न गरिएको सो कामको सहजीकरणको लागि जिल्ला पार्टी भवन निर्माण समितिको अध्यक्षबाट हटाईएको नभई पाटीको वैठकको निर्णय अनुसार संयोजक भण्डारीको कार्य व्यस्तताको कारण रुद्र बदादुर खत्रीको संयोजकत्वमा मिति १५ वैशाख २०८० मा समिति लाई पुनः गठन गरिएको र पार्टी कार्यलय भवन निर्माण गर्दा कुनै पनि आर्थिक अनियमितता नभएको विज्ञप्तिमा प्रष्ट पारिएको छ ।
अनुमानको भरमा नियोजित रुपमा राजनीतिक प्रतिशोध सादने गरी लेखिने यस्ता समाचारले व्यक्तिगत प्रतिष्ठमा आँच आएको भनीएको छ । एकातिर चौथो अंगको रुपमा स्थापित आम सँञ्चार माध्यमको विश्वसनियता ओरालो लागिरहेको छ भने अर्कोतिर ईमान्दार रुपमा राजनीतिक गतिविधीमा सक्रिय स्वच्छ छविका राजनीतिक नेतृत्व,संगठन,पार्टीकै प्रतिष्ठामा गाम्भीर आँच पुयाएको विज्ञप्ति मार्फत औँलाईएको छ ।
तथ्यहिन र हचुवाको भरमा कसैमाथि गम्भीर आरोप लगाउन पत्रकारिताकै मर्म र भावना विपरित भएको र यसता समाचारको भ्रममा नपर्न सचेत नागरिक,पार्टी पंक्ति,समर्थक,शुभचिन्तक र आम जनसमुदायमा अपिल गरिएको छ ।
त्यस्तै नेकपा माओवादी केन्द्र जिल्ला पार्टीले पनि विज्ञप्ति निकालेको छ । जिल्ला सचिव दिपक लामिछाने(सुवोध) द्धारा हस्ताक्षर भएको विज्ञप्तिमा जिल्ला पार्टी संयोजक भण्डारी माथि लागेको आरोपलाई जिल्ला पार्टीले आरोपको रुपमा लिएको भनीएको छ । यस्ता तथ्यहिन भ्रामक समाचारको पछाडि नलाग्न सचेत नागरिक,पार्टी पंक्ति,समर्थक,शुभचिन्तक र आम जनसमुदायमा आग्रह गरिएको छ ।
प्रतिक्रिया दिनुहोस