धादिङ १५ श्रावण
धादिङ अस्पतालले स्वास्थ्य सावधानी अपनाउन आग्रह गर्दै विज्ञप्ति निकालेको छ ।
सोमबार एक विज्ञप्ति निकाल्दै धादिङमा डेङगीको संक्रमण दिन दिनै वढ्दै जान थालेपछि धादिङ अस्पतालले सबैलाई डेङगी संक्रमणबाट जोगिन आग्रह गरेको हो ।
अस्पतालमा उपचार गर्न आएका विभिन्न उमेर, लिङ्ग समुदाय र विभिन्न क्षेत्रका विरामी हरुको डेंगी जांच Ns1 Ag Positive आएका मध्ये २५ वटा नमुनाहरू केन्द्रिय जनस्वास्थ्य प्रयोगशाला टेकु काठमाडौं पठाइएकोमा २४ वटा नमुनाहरूमा म्भलनगभ Dengue Virus Serotype–2 पुष्टि भएको विज्ञप्तिमा उल्लेख गरिएको छ ।
यसरी पटक–पटक विभिन्न प्रकारका Dengue virus Serotype बाट संक्रमित हुदा यसले मानव स्वास्थ्य थप जटिलता आउन सक्ने विज्ञप्तिमा उल्लेख गरिएको छ ।
अस्पतालले विज्ञप्ति मार्फत डेंगी रोग नियन्त्रणको लागि लामखुट्टेको बासस्थान खोज र नष्ट गर अभियानमा सक्रियताका साथ सहभागि हुन समेत आग्रह गरेको छ ।
प्रतिक्रिया दिनुहोस