धादिङ १५ श्रावण
प्रतिनिधिसभाको बैठक स्थगित भएको छ । सोमबार दिउँसो १ बजेको लागि बोलाइएको बैठक मंगलबार दिउँसो १ बजेसम्मको लागि स्थगित भएको हो ।
गैरकानुनी रुपमा नेपालमा सुन भित्रिएको विषयमा छानबिन समिति गठन गर्न माग गर्दै नेकपा एमालेले सदन अवरुद्ध गर्ने तयारी गरेपछि बैठक बस्दै नबसी स्थगित भएको हो ।
यसअघि यही साउन १० गते बसेको बैठक पनि एमालेकै अवरोधका कारण स्थगित भएको थियो । सोमबार सदन चलाउने विषयमा एमाले अध्यक्ष केपी शर्मा ओली र प्रधानमन्त्रीबीच छलफल भएको थियो तर सहमति हुन नसकेपछि एमालेले सदन अवरोध गर्ने अडान कायमै राखेको थियो ।
अनलाईन साभार
प्रतिक्रिया दिनुहोस