धादिङ १३ श्रावण
नेपाल रेडक्रस सोसाईटी जिल्ला शाखा धादिङले नव निर्वाचित केन्द्रिय पदाधिकारी एवंम सदस्यहरुलाई बधाई तथा सम्मान गरिएको छ ।
शनिबार जिल्ला सदरमुकाम धादिङवेशी स्थित शाखाको आफ्नै भवनमा एक विशेष कार्यक्रमको आयोजना गरि नव निर्वाचित केन्द्रिय पदाधिकारी एवंम सदस्यहरुलाई सम्मान गरिएको हो ।
नेपाल रेडक्रस सोसाईटीले स्थापना कालदेखि नै अवस्मरणीय काम गर्दै आएको स्मरण गर्दै नेपाल रेडक्रस सोसाईटी केन्द्रिय समिति अध्यक्ष प्रा.सुर्दशन प्रसाद नेपालले ७७ वटै जिल्ला र ७ सय ५३ वटै सबैजसो स्थानीय तहरुमा उपशाखा सञ्चालन भईरहेको बताउनुभयो ।
नेपालको सन्दर्भमा नेपाल रेडक्रस सोसाईटीका नितीगत कुराहरुले कार्यसंञ्चालनमा बाधा खडा भईरहेको बताउनुभयो । यसलाई अवको कार्यकाल भित्रमा नेपाल सरकारसंग समन्वय छलफल गरि अगाडि बढाईने विश्वास व्यक्त गर्नुभयो । अध्यक्ष नेपालले केन्द्रिय तहमा भएका अनियमितता,अपारदर्शिताका अभ्यासहरुलाई अन्त्य गरि राजनितिक दलगत स्वार्थ भन्दा रेडक्रसको विश्वव्यापी मान्यता र सिद्धान्तलाई आत्मसाथ गरि काम गर्ने बताउनुभयो ।
समूदायमा रेडक्रसको इज्जत,मान सम्मान र प्रतिष्ठा स्थापित भैसकेकाले रेडक्रसको मुल धर्म मानवीय सेवालाई आत्मसाथ गरि यसलाई समूदायमा विश्वास नघट्ने गरि काम गर्न मातहातका समितीलाई आग्रह गर्नुभयो । रेडक्रसको विधी विधानको अवलम्बन गर्ने,नवीकरण गर्ने,रेडक्रस ऐनको तर्जुमा गर्ने जस्ता मुख्य तीन वटा कुराहरुलाई चलाएमान बनाउन आवश्यक रहेको बताउनुभयो ।
त्यस्तै आफ्नो भनाई राख्दै नेपाल रेडक्रस सोसाईटी केन्द्रिय महामन्त्री भुपतिलाल श्रेष्ठले नेपाल रेडक्रस सोसाईटी समाज कल्याण संगै मानव अस्तित्वको रक्षाका निमित्त कार्य संञ्चालन गर्दै आईरहेको बताउदै मन वचन र कर्मले कार्य गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो । नेपाल रेडक्रस सोसाईटीको केन्द्रिय तहमा धेरै किचलो रहेको हुँदा यो नयाँ कार्यसमितीले हलगर्ने बताउनुभयो । पदाधिकारी साथीहरु विभिन्न पार्टीका आस्था भएको हुँदा रेडक्रसको गतिविधी र कार्यसञ्चालनमा भिवेदरहित तवरले काम गर्नुपर्ने बताउनुभयो ।
त्यस्तै नेपाल रेडक्रस सोसाईटी केन्द्रिय समितिमा निर्वाचित हुनुुहुने सबै पदाधिकारी एवंम सदस्यहरुलाई बधाई तथा सफल कार्यकालको शुभकामना दिदै नेपाल रेडक्रस सोसाईटी धादिङ जिल्ला सभापति दुर्लभ कुमार तामाङले धादिङ जिल्लाबाट पनि केन्द्रिय सदस्यमा प्रतिनिधी पुगेकोमा खुशी व्यक्त गर्नुभयो ।
उहाँले रेडक्रसको विधी विधानको अवलम्बन गर्ने,नवीकरण गर्ने,रेडक्रस ऐनको तर्जुमा गर्ने जस्ता मुख्य कुराहरुमा केन्द्रिय समितिको ध्यान जान जरुरी रहेको बताउनुभयो । राजनैतिक प्रतिशोधको आभास विगतका पात्रहरुबाट आएका हुनाले अवको कार्यसमितीबाट त्यस किमिमको व्यवहार ७७ वटै जिल्लाले अपेक्षा नगरेको स्पष्ट पार्नुभयो ।
नेपाल रेडक्रस सोसाईटी धादिङ शाखाले जिल्लाभर २९ वटा उपशाखा,नियमित रक्त संञ्चार सेवा,२ जना ल्याव टेक्निसियन,कार्यलयमा ३ जना कर्मचारी लगायत बार्षिक रुपमा करिब १५ सय जनाको रगत संकलन गरि प्राकृतिक तथा मानव निर्मित घटनाहरुमा मानवसेवा गर्दै आईरहेको सभापति तामाङले बताउनुभयो ।
नेपाल रेडक्रस सोसाईटी जिल्ला शाखा धादिङका सभापति दुर्लभ कुमार तामाङको अध्यक्षता केन्द्रिय समिति अध्यक्ष प्रा.सुदर्शसन प्रसाद नेपालको प्रमुख आतित्थ्यतामा सम्पन्न भएको कार्यक्रममा केन्द्रिय पदाधिकारीहरु,सदस्यहरु,विभिन्न जिल्लाका सभापति तथा प्रतिनिधीहरु,पत्रकार लगायल धादिङ शाखाका कार्यसमिति सदस्यहरुको सहभागीता रहेको थियो ।
प्रतिक्रिया दिनुहोस